अतिक्रमित जग्गा प्लटिङ गरिँदै

अर्घाखांचीः सदरमुकाम सन्धिखर्कमा सार्वजनिक जग्गा अतिक्रमण गरेर प्लटिङ गर्ने कार्यले तीव्रता पाएको छ । सन्धिखर्कका केही व्यक्ति सार्वजनिक जग्गा अतिक्रमण गर्दै घर घडेरीको रूपमा बिक्री गर्न लागेका छन् ।
जग्गा दलालीले बागिखोलाको पानी बग्ने ठाउामा तारजाली राखेर बाटो उठाउने र आफूले किनेका जग्गामा अतिक्रमण गरेर हातको हिसाबले बेचिरहेका छन् ।
करिब ३० मिटर खोलाको भाग रहेको बागिखोलालाई जग्गा दलालीले अहिले ५ र ६ मिटरमा सीमित पारिसकेका छन् । उता घोचेखोला र भदि्रखोलाको किनारमा रहेका सार्वजनिक जग्गामा धमाधम घर निर्माण भएका छन् । तर पनि स्थानीय प्रशासनले कसैलाई कारबाही गरेको छैन । सन्धिखर्कका खोल्साखोल्सी, सार्वजनिक जग्गामात्र नभएर चुत्राबेसीको बागिखोला, घोचेखोला र भदि्रखोलाको आसपासमा ३० घर सार्वजनिक जग्गामा बनेका छन् ।
सन्धिखर्कको गुन्टिखोला, इसाराटोल, खोल्सो, चुत्राबेसीको भक्तिटोला, प्रगति बजार, पुरानो बसपार्क पेट्रोलपम्प लाइन र रतहलेको साइडमा पनि व्यापकरूपमा जग्गा अतिक्रमण भएको छ । सार्वजनिक जग्गा अतिक्रमण प्रकोपकारूपमा रहेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ बताउाछन ।

प्रतिक्रिया