सुदूरलाई हक्की उपाधि

महेन्द्रनगर, १९ फागुन । रमेश पार्कीले खेलको ३८ औं मिनेटमा गरेको गोल नै  निर्णायक बनेपछि कञ्चनपुरमा जारी छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा हक्कीको उपाधि सुदूरपश्चिमले जितेको छ । राष्ट्रिय खेलकुदअन्तर्गत हक्कीमा सुदूरको निरन्तर दोस्रो जित हो ।
काठमाडौमा भएको पांचौ राष्ट्रियमा समेत विजेता रहेको सुदूरको हक्की टिमले छैटौ मध्यमाञ्चललाई पराजित गरी उपाधिको रक्षा गरेको हो । मध्यमाञ्चलको नौ अङ्क थियो । एक ड्र खेलका कारण सात अङ्कसाथ फाइनलमा उत्रेको सुदूरलाई उपाधिरक्षा गर्न चुनौती थियो । खेल ड्र भए सुदूरपश्चिमको पराजय हुने थियो ।
‘सबै खेलाडीलाई ठूलो प्रेसर थियो’ सुदूरपश्चिम टिमका क्याप्टेन देवेन्द्रसिंह थलालले सौर्यसाग भने, ‘सबैको मेहनतले उपाधिरक्षामा सफल हुादा खुसी लागेको छ ।’ कञ्चनपुरमा भएको खेलमा हक्कीसहित सुदूरले चार स्वर्ण प्राप्त गरेको छ । हक्कीमा पााच अङ्कसहित पूर्वाञ्चल तेस्रो भएको छ । खेल अवधिभर सर्वाधिक गोल गर्ने मध्यमाञ्चलका सोमबहादुर मगर प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । उनले सर्वाधिक चार गोल गरेका थिए ।

प्रतिक्रिया