अयोग्य लडाकले माओवादी बिरुद्ध संघर्ष गर्ने

चितवन, १९ फागुन । बर्हिगमनमा परेका लडाकुहरुले बिभिन्न माग अघि सारेर आफ्नै माउ पार्टी एकीकृत माओवादी बिरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् ।
चितवनमा आज आयोजित पत्रकार सम्मेलनमा वर्गिकरणमा अयोग्य ठहरिएका लडाकुहरुले माओवादी बिरुद्ध संघर्ष गर्ने चेतावनी दिएका हुन् । बहिर्गमित जनमुक्ती सेना नेपाल केन्द्रीय संघर्ष समितिले आफूहरुलाई बर्हिगमनको बिल्ला लगाई माओवादीले तिरस्कार गरेको आरोप लगाए ।
समितिका महासचिव समेत रहेका बर्हिगमनमा परेका लडाकु कृष्णप्रसाद दंगालले भने, ‘जनमुक्ति सेनालाई बाइपास गरेर हाम्रै पार्टीका नेताहरु हिँडे ।’
२०६६ सालमा अनमिनको वर्गिकरणमा चार हजार आठ जना लडाकु अयोग्यमा परेका थिए । त्यतिबेला बर्हिगमनमा परेका लडाकुहरुलाई सरकारले पुनःस्थापना प्याकेज पनि सञ्चालन गरेको थियो ।
तालिममा  भ्रष्टाचार भएको आरोप लगाउँदै बर्हिगमनमा परेका लडाकुलाई एकमुष्ट  आर्थिक प्याकेज उपलब्ध गराउनुपर्ने माग उनीहरुको छ ।

प्रतिक्रिया