शरणार्थी शिविरका ६५ घर जलेर नष्ट

झापा, १९ फागुन । झापाको दमकस्थित बेलडागी भूटानी शरणार्थी शिविरमा आगलागी हुँदा ६५ घर जलेर नष्ट भएका छन् ।
आज विहान एक बजे बेलडाँगी २ सेक्टर बी ४ छाप्रा नम्बर २५ का रामचन्चन्द्र बास्कोटाको छाप्रोबाट सुरु भएको आगो २ घण्टा पछि मात्रै नियन्त्रणमा आएको थियो । आगो दमक, इटहरी, भद्रपुर र मेचीनगरका दमकल तथा सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिईएको थियो  ।
आगालागीबाट बेलडागी २ बी ४ मा रहेका ४८ र बेलडागी बी २ का २६ छाप्रा जलेर नष्ट भएको सशस्त्र प्रहरी निरीक्षक विजेन्द्र रिमालले जानकारी दिएका छन् ।
आगलागीबाट १३ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । पीडित शरणार्थीहरुलाई राहत तथा बसोबास व्यवस्था गर्न शरणार्थी दातृ निकाय तथा स्थानीय प्रशासनको टोली पहल थालेको छ ।
यसैबीच आगलागी पीडित शरणार्थीहरुले राहत र बसोबासको व्यवस्था गरिदिन दातृ निकायसँग माग गरेका छन् । उनीहरुले प्रत्येक बर्ष भइरहने आगलागीका कारण पीडित बन्दै आएको भन्दै दीर्घकालिन रोकथामका लागि उचित घरको व्यवस्था गर्न आग्रह गरेका छन ।

 

प्रतिक्रिया