बाघको छालासहित चार पक्राउ

बुटवल, १८ फागुन । बाघको छालासहित जिल्ला प्रहरी कार्यालय नवलपरासीले चार जनालाई पक्राउ गरेको छ ।
नवलपरासीको माकर गाविसस्थित बर्दघाटको टिसिएन चोकवाट बाघको छालासहित चार जनालाई बुधवार राति पक्राउ गरेको नवलपरासीका प्रहरी नायब उपरिक्षक रामदत्त जोशिले बताए ।
प्रहरीले विहिवार दिउसो पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको थियो । ११ फिट लम्बाई र ६ फिट चौडाईको बाघको छालासहित धादिङ दर्खा गाविस ७ का तेजबहादुर तमाङ्ग र सोहि गाविस वडा नं ९ का रामबहादुर तामाङ्गलाई पक्राउ परेको प्रहरी नायव उपरिक्षक जोशीले जानकारी दिए ।
बाघको छाला लिएर काठमाडौ जादै गरेको अवस्थामा नवलपरासी तिलकपुर गाविस ८ बासाका केशव चौधरी र नवलपरासी मनरी गाविस ३ वस्ने मोहन हरिजनलाईसमेत पक्राउ गरिएको प्रहरीले बताएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा बाघको शिकार गरी नवलपरासीको त्रिवेणी लगेर गोदाममा राख्ने र तस्करहरुले बाघको छाला रातको समयमा काठमाडौंको बाटो प्रयोग गरेर चीन लैजाने गरेको प्रहरीको दावी छ ।

प्रतिक्रिया