चीर गाडेपछि होली पर्व सुरु

काठमाडौं, १८ फागुन । हिन्दू धर्मालम्वीहरुले बिशेष हर्सोल्लासका साथ मनाउने रंगहरुको पर्व होली आज राजधानीमा चीर गाडेर विधवित रुपमा सुरु गरिएको छ ।

होली पर्व हरेक वर्ष फागुन पूर्णिमाका दिनदेखि मनाइने गरिन्छ । काठमाडौंको वसन्तपुरमा आज बिहान उत्तम साइतमा विभिन्न रंगहरुका रंगीचंगी कपडा झुण्डाइएको तीन तले चीर गाडेपछि होली पर्वको विधिवित सुरु भएको छ ।
सत्यको विजय र असत्यको पराजयका रुपमा लिईने यो पर्व हिन्दूधर्मालम्वीहरुले बिशेष रुपमा मनाउने गर्छन । आज गाडिएको चीर २५ गते बिहान ढालिने छ । चीर ढाले पछि होली पर्व सकिएको मान्ने परम्परा छ ।
होली पर्वका अवसरमा आज बसन्तपुरमा चीर गाड्ने क्रममा सौर्य दैनिकका फोटो पत्रकार देबकी बिष्टले खिचेका फोटोः

 

 

प्रतिक्रिया