दाहाल र कोइरालाबीच भेट

काठमाडौं, ११ फागुन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बिषयमा एकीकृत माओवादी अध्यक्ष पुष्कमल दाहाल र कांग्रेस सभापति सुशील कोइरालावीच परामर्श भएको छ ।
राजधानीमा आज भएको भेटबार्तामा शान्ति प्रक्रिया र संविधानका साथै राष्ट्रिय सहमतिको सरकारका बिषयमा छलफल भएको स्रोतले जनाएको छ । उहाँहरुका बीच शान्तिप्रक्रियालाई छिटो निष्कर्षमा पुराउन बिगतका सहमति कार्यान्वन गर्ने बिषयमा समेत छलफल भएको थियो ।
पछिल्लो समय माओवादी र कांग्रेसका नेताहरुका बीच सम्वाद कम भईरहेका समयमा दाहाल र कोइरालाबीच भेटभएको हो । कोइरालाले शान्ति प्रक्रियाका काम अत्यन्तै ढिला भएको भन्दै असन्तुष्टि जनाउनभएको स्रोतको भनाई छ ।

प्रतिक्रिया