पूर्व राजपरिवारलाई भारतमा बस्न सल्लाह

काठमाडौं, ६ फागुन । पूर्वराजा ज्ञानेन्द्रलाई भारतका स्थानीय राजा-रजौटा तथा शुभेच्छुकले नेपाल छाडेर भारतमै स्थायी बसोवास गर्न सल्लाह दिएका छन् । भारत बसाइा सरे सुरक्षा, सम्मान र अन्य सबै सुख-सुविधा उपलब्ध गराउने आश्वासन उनीहरूको छ ।
बिहेको निम्तो मान्न गत २७ पुसदेखि २९ माघसम्म भारत भ्रमण गर्दा पूर्वराजपरिवारलाई यस्तो सल्लाह प्राप्त भएको हो । स्रोतका अनुसार, भारतीय राजा-रजौटा, नातेदार र केही राजनीतिज्ञले समेत पूर्वराजालाई त्यहीा बस्न सल्लाह दिएका थिए । तर, ज्ञानेन्द्रले उनीहरूलाई कुनै जवाफ दिएनन् ।
भ्रमणका ३२ दिनमध्ये करिब दश दिन उनी भारतको जोधपुर र जयपुरमा बसेका थिए । त्यहाअझै पनि राजा-रजौटा रहेका छन् । उनका नातेदार पनि त्यहींबस्छन् । बिहेको निम्तोमा सहभागी हुादा उनी जोधपुरका महाराजा गज सिंहको दरबारमा बसे । यसअघि जाादा पनि उनी त्यहीा बस्ने गरेका थिए । ‘जोधपुरका महाराजाले भारतमै बस्न सल्लाह दिनुभएको छ, त्यसका लागि आˆनोतर्फबाट जस्तोसुकै सहयोग गर्ने उहााले बताउनुभएको छ,’ पूर्वराजानिकट स्रोतले सौर्यसित भन्यो ।
तर, पूर्वराजा ज्ञानेन्द्रले भने भारतमा बसाइा सर्नेबारे कुनै निर्णय गरेका छैनन् । ‘सल्लाह आएको हो, तर सरकारले अहिले कुनै सोच बनाइबक्सेको छैन,’ स्रोतले भन्यो । उनी सकभर स्वदेशमै बस्ने मनस्थितिमा रहेको स्रोतले बतायो । उनले यसअघि आफू स्वदेश छाडेर अन्यत्र जाने पक्षमा नभएको बताउादै आएका छन् । नारायणहिटी छाडेर नागार्जुन दरबार जाने बेला पनि उनले आफू स्वदेशमै बस्ने प्रस्ट पारेका थिए । बिहेको निम्तोमा पूर्वराजा
भारत गएको यो तेस्रोपटक हो । यसपटक भारतमा उनले करण सिंह, नरेन्द्र मोदी, दिग्विजय सिंहलगायत नेतालाई भेटेका थिए । सिंह र मोदीसाग बिहेकै कार्यक्रममा उनको भेट भएको थियो । सिंह पूर्वराजाका नातेदार पनि हुन् ।
भारत जाादा पूर्वराजासागै श्रीमती कोमल र नाति हृदयेन्द्रसमेत थिए । पूर्वयुवराज पारस शाह भने लामो समयदेखि बैंककमा छन् । उनी करिब तीन महिनापहिले बैंकक गएका हुन् । पारसका साथीहरूले स्वदेशमा फर्केर गतिविधि गर्न सल्लाह दिए पनि उनले तत्काल र्फकने सोचाइ बनाएका छैनन् । बंैकक जानुअघि उनी सिंगापुरमा बस्ने गर्थे । उनले आफ्ना साथीहरूसाग आफू भारतमा नबस्ने बताउने गरेका छन् ।

प्रजातन्त्र रक्षाका निम्ति प्रतिबद्ध छु
पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रियता, राष्ट्रिय अखण्डता र प्रजातन्त्र रक्षाका निम्ति आफू मन, बुद्धि र विवेकबाट सधाै प्रतिबद्ध रहने बताएका छन् । ६२औा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सन्देश दिादै उनले प्रजातन्त्रलाई जीवनपद्धतिमा उतार्न पनि आग्रह गरेका छन् ।
‘विखण्डन, विचलन, विद्वेष, विग्रह र विद्रोहबाट प्रजातन्त्रको राजपथ निष्कण्टक हुन सक्दैन । प्रजातन्त्रलाई मजबुत पार्न र प्रजातान्त्रिक पद्धतिबाट राष्ट्रलाई जोगाइराख्न राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक पक्षबाट अत्यन्त गहन सोच राखिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।
मुलुक स्वतन्त्र नरहे प्रजातन्त्रको महत्व र अस्तित्व नरहने उल्लेख गर्दै पूर्वराजाले भनेका छन्, ‘प्रजातन्त्र नभए जनताका अधिकार कुण्ठित हुन्छन्, राष्ट्रियताको जरो जर्जर हुन्छ ।’

प्रतिक्रिया