गेटा बिमानस्थलमा आगलागी

कैलाली, ११ फागुन । कैलालीको गेटा बिमानस्थल परिसरमा आज आगलागी भएको छ । आगलागीबाट बिमानस्थलमा कुनै क्षेती भएको छैन । आगलागीका कारण केही समय नियमित हवाइ उडान प्रभावित हुन पुगेको नागरिक उडड्यन कार्यालयका सहायक प्रमुख राजेन्द्रबहादुर सिंहले जनाएका छन् ।
बिमानस्थलको धावनमार्गको उत्तरतर्फको भागमा रहेको घाँसे मैदानमा दिउँसो आगलागी भएको सिंहले जनाए । बिमानस्थलमा आगलागी भएको खबर पाएपछि धनगढीबाट गएको दमकल र प्रहरीले एकघण्टा पछि आगो नियन्त्रणमा लिएको कैलाली प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बसन्त पन्तले बताए ।
आगलागी भएको ठाउँमा सर्वसाधरणहरु हिड्ने बाटो भएकोले कसैले चुरोटको ठुटो फालेर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । यद्यपि आगलागीको कारण बारे छानबिन भइरहेको प्रउ पन्तले बताए ।

प्रतिक्रिया