लक्षित वर्गलाई छुट्याइएको बजेट निषेधित शीर्षकमा

बुटवल, ११ फागनु । आर्थिक तथा सामाजिक रुपमा पछि परेका विपन्न वर्गहरूले प्रत्यक्ष फाइदा पाउने आयोजना एवं महिला र बालबालिकाका लागि लक्षित गरी छुट्याइएको पूँजीगत बजेटको रकम रुपन्देहीका गाविसहरुले निषेधित शीर्षकमा खर्च गर्ने गरेका छन् ।
त्यस्तो वर्ग जुन कारणले पछाडि प¥यो त्यही कारणको खोजी गरी विनियोजन गरिएको पूँजीगत बजेटको रकम सोही लक्षित वर्गकै लागि खर्चिनुपर्नेमा रुपन्देहीका कतिपय गाविसले अन्तै खर्चिएको स्थानीयको गुनासो छ ।
स्थानीय शासन तथा उत्तरदायित्व सहजीकरण संयन्त्र (एलजिएएफ) ले पहिलो चरणमा जिल्लाका पा“चवटा गाविसमा गरेको नमूना सर्वेक्षणका क्रममा लक्षित वर्गका लागि छुट्याइएको बजेट अन्यत्रै खर्चिने गरेको पाइएको हो । मर्चवार क्षेत्र र लुम्बिनी आसपासका ती गाविसहरु पिछडिएका क्षेत्रका रुपमा पर्छन् ।
रुपन्देहीमा ६९ गाविस र दुई नगरपालिका छन् । स्थानीय विकास मन्त्रालयमार्फत् छुट्याइने बजेटको न्यूनतम १५ प्रतिशत रकम आदिवासी, दलित, जनजाति, ज्येष्ठ नागरिक, अपाड्डता भएका व्यक्तिहरू, मुस्लिम, मधेसी तथा पिछडा वर्गका लागि अनिवार्य छु्याउनुपर्ने व्यवस्था छ ।
त्यस्तै कुल बजेटको १० प्रतिशत महिलाहरू र १० प्रतिशत बालबालिकाहरूलाई अनिवार्य रुपमा छुट्याउनुपर्छ । यसरी प्रत्येक गाविसमा आउने कुल बजेटको पु“जीगत रकमको ३५ प्रतिशत रकम लक्षित वर्ग, महिला र बालबालिकाका लागि छुट्याउनै पर्छ ।

प्रतिक्रिया