बांकेमा बढ्दै छन् बलात्कारका घटना

नेपालगन्ज, १० फागुन । बरन्डामा बसिरहेकी ८५ वर्षीया सलिना हरिजन -नाम परिवर्तन) को मुखमा एकाएक कपडा कोचियो । उनी केही बोल्न सक्ने अवस्थामा भइनन् । अशक्त महिलालाई बलियो पुरुषले लडायो र जबर्जस्तीमा परिन्, उनी ।
जीवनको अन्तिम अवस्थाकी जितदेवीलाई भन्नै लाज लाग्ने, तर लुकाउन नहुने घटनाले अप्ठ्यारोमा पार्‍यो । अहिले उनको उपचार भइरहेको छ । अझै उनी बोल्नै सक्दिनन् र प्रहरीले उनको इसारा बुझेर कारबाही अगाडि बढाइरहेको छ । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले नेपालगन्ज-१२ का ३५ वर्षीय भीमसिंह ठाकुरलाई ३ फागुनमा पक्राउ गरेर अनुसन्धान थालेको छ ।
यस्तै, बांकेकै सीतापुर-५ मा पर्ने सत्ताइधुरीकी सोना -नाम परिवर्तन) ९ माघमा भिनाजु कुमार परियारबाट घरमै बलात्कृत भइन् । दस वर्षीया सोनालाई भिनाजु के गर्दैछन् भन्नेसम्म थाहा थिएन । यो घटना ५ माघ, ०६८ को हो । नेपालगन्ज-५ की तीन वर्षीया रेवती बुढा -नाम परिवर्तन) पनि ४ असोजमा घरमै बलात्कृत भइन् । बाह्र वर्षीय आशिष मल्लले रेखदेख गर्ने बहानामा उनलाई घरमै बलात्कार गरेका थिए ।
प्रहरीका अनुसार, बांकेमा बालिका र वृद्धामाथि बलात्कार र यौन दुव्र्यवहारका घटना बढेर गएका छन् । प्रतिकार गर्न नसक्ने भएकाले बालबालिका र वृद्धा यौन अत्याचारको सिकार भइरहेको प्रहरी अनुसन्धानले देखाएको छ । बााके जिल्ला प्रहरी कार्यालयमा गत साउनयता मात्रै बलात्कारका १० उजुरी परे । पीडितमध्ये दुई बालिका र एक ८५ वषर्या छन् ।
प्रहरी अनुसन्धानमा बलात्कारका अभियुक्त अश्लील भिडियो हेर्ने र पत्रपत्रिका पढ्ने गरेकाहरू छन् । उनीहरू त्यस्ता भिडियो र पत्रिकाको सिको गर्दै बलात्कारमा होमिएको डिएसपी उदय तामाङ बताउाछन् । यौन अपराधका अभियुक्तमा पाको उमेर भएका अविवाहित र सम्बन्धविच्छेद गरेर बसेका पुरुष बढी छन् । ‘संयुक्त परिवार भएका घरमा आफन्तैबाट बलात्कारका घटना भएका छन्,’ डिएसपी तामाङले भने, ‘अशक्त नाबालिका र वृद्धामाथिका यी घटना चिन्ताका विषय हुन् ।’
जिल्ला प्रहरी कार्यालयका अनुसार, तीन वर्षयता बांकेमा बालिका र वृद्धासहित ५५ जना बलात्कारका सिकार भएका छन् । बलात्कृतमध्ये केहीले अझै न्याय पाउन सकेका छैनन् । विसं ०६८ साउनयता जिल्ला अदालत बांकेमा प्रहरीले ११ जनाविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरेकामा नौ अभियुक्त पुर्पक्षका क्रममा जिल्ला कारागारमा थुनिएका छन् । एकजना धरौटीमा रिहा भएका छन् भने अर्का एकजनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।
बलात्कारका पुराना घटना अनुसन्धान गर्न प्रहरीले चासो नदिएको पीडितको गुनासो छ । समयमा न्याय नपाउंदा पीडितले आत्महत्या समेत गरेका छन् । बााके बनकटवा पेडारी गाउाकी १४ वर्षीया एक थारू किशोरीले आत्महत्या नै गरिन् । घर नजिकै रहेको तलाउ किनारमा गाउाका छिमेकी कपुर र हंसराज चौधरीले बलात्कार गरेको पीडित परिवारको आरोप छ ।
सुरुमा बलात्कार भएको हो भन्ने प्रमाण नहुादा आत्महत्याका रूपमा लिइएको घटनामा मृतकले आˆनै स्वरमा मोबाइल फोनमा रेकर्ड गरेको घटना विवरण सुनेपछि परिवारका सदस्यले बलात्कार भएको भन्दै घटना दर्ता गराउन खोजेका थिए । तर, प्रहरीले पीडित परिवारको भनाइ समयमै सुन्न चाहेन । अपराध गर्नेहरूले सजाय पाएनन् ।
बांकेमा क्रियाशील अधिवक्ता वासुदेव ज्ञवालीले बालिका र वृद्धामाथि बलात्कार भए अन्य अवस्थाभन्दा दोब्बर सजाय हुने भएकाले यस्ता घटनाको अनुसन्धानमा प्रहरीले संवेदनशील हुनुपर्ने बताए ।
‘पछिल्लो समयमा प्रहरीले बलियो प्रमाण जुटाएकाले धमाधम अभियुक्त थुनामा गएका छन्, तर पुराना घटना अनुसन्धान गरिरहेको छैन,’ ज्ञवालीले भने । तर, डिएसपी तामाङ बलात्कारका अधिकांश घटना दुई सातापछि प्रहरीमा आउने र त्यतिबेलासम्म प्रमाण गुम्नाले समयमा अनुसन्धान हुन नसक्ने बताउंछन् ।

प्रतिक्रिया