यस्तो छ पूर्वराजाको दिनचार्य

काठमाडौं । शासनसत्ता गुमाएपछि फुर्सदिला बनेका पूर्वराजाको दिनचर्या कसरी बित्दो हो ? धेरैको चासो हुन सक्छ । स्रोतका अनुसार, उनी आफ्ना समर्थक र शुभेच्छुकहरूलाई भेट्नेबाहेक पूजापाठ गर्ने, गीत-कविता लेख्ने तथा बच्चासाग खेल्ने काममा आफूलाई व्यस्त राख्छन् ।
भेटघाटका लागि भने पूर्वराजाले प्रायः सााझको समय प्रयोग गर्ने गरेको स्रोतले बतायो । ‘कहिलेकाही राति १०-११ बजेसम्म पनि भेटघाट जारी हुन्छ,’ स्रोतले भन्यो । यद्यपि, भेटको प्रकृति हेरेर आक्कलझुक्कल दिउासो पनि भेटघाट हुने गरेको छ ।
दिउासो डेढदेखि दुई घन्टा आराम गर्ने र सुत्ने उनको दैनिक रुटिन नै बनेको छ । कुनै कार्यक्रम पर्‍यो भने यो रुटिन बिगि्रन्छ, अन्यथा दिउासो डेढदेखि तीन बजेसम्म प्रायः उनी ओछ्यानमा हुन्छन् ।
पूर्वराजा ज्ञानेन्द्र बिहान प्रायः साढे चार बजे ओछ्यानबाट उठेर नित्यकर्म सुरु गर्छन् । नुहाएर फेस भएपछि एफएम सुन्ने, टिभीबाट समाचार हेर्ने र पत्रपत्रिका पढ्ने गर्छन् । निकट स्रोतका अनुसार, एक कप चिया पिउादै पत्रिपत्रिका पढ्ने उनको बानी छ । त्यसपछि करिब आधा घन्टाजति उनी घर-कम्पाउन्डवरिपरि टहलिन्छन् । अनि सुरु हुन्छ- पूजापाठ, जुन एक-डेढ घन्टा जारी रहन्छ । पूर्वराजाले घरको कम्पाउन्डभित्रै पूजाकोठा र मन्दिर बनाएका छन् । हरेक दिन उनी शिव र कालीको विशेष पूजा गर्छन् ।

पूजाआजा सिध्याउादा साढे आठदेखि नौ बजिसकेको हुन्छ । नौ बजेपछि उनी आप\mना नाति-नातिनीसाग खेलिरहेका हुन्छन् । स्रोतका अनुसार, बच्चासाग खेल्दा पूर्वराजा निकै प्रफुल्ल देखिन्छन् । पारस-हिमानीकी एक छोरी र प्रेरणाका एक छोरा अहिले पनि निर्मलनिवासमै छन् । पारस-हिमानीका एक छोरा र एक छोरी भने बैंककमै पढ्छन् । उनीहरू बिदामा आउने गर्छन् ।
बच्चासाग खेलिसकेपछि ज्ञानेन्द्र हल्का र सामान्य किसिमको ‘ब्रेकफास्ट’ लिन्छन् । ब्रेकफास्टपछिको समय उनी साहित्य सिर्जना र ती सिर्जनालाई कम्प्युटरमा संग्रह गर्न लगाउाछन् । ‘त्यतिवेला उहाा आफैा गीत र कविता गुनगुनाउने पनि गर्नुहुन्छ,’ स्रोतले भन्यो । स्रोतका अनुसार, एउटा पुस्तक नै तयार हुनेगरी उनले गीत र कविता लेखिसकेका छन् । साहित्यप्रति उनको अभिरुचि गहिरिादै छ । बिहान दश बजेदेखि १२ बजेसम्मको समय प्रायः उनी सिर्जनात्मक कार्यमा तल्लीन रहन्छन् ।
दिउासोको साढे १२ बजेदेखि एक बजेसम्म उनको खाना खाने समय हो । खाना खाइसकेपछि उनी आराम गर्न र सुत्न कोठामा पस्छन् । करिब डेढदेखि दुई घन्टा सुतिसकेपछि उनी भेटघाट र कुराकानी गर्न मन पराउाछन् । कसैसाग भेटघाट र कुराकानी गर्ने कार्यक्रम तय भएको छैन भने पत्रपत्रिका पढ्ने, टिभी हेर्ने र एफएम सुन्ने गर्छन् । उनी कम्प्युटरमा बसेर इन्टरनेट चलाउने पनि गर्छन् । यतिवेला नाति-नातिनी पनि सागै हुने गर्छन् । करिब साढे चार बजे चिया पिउन उनी छुटाउादैनन् । चियासागै उनी हल्का खाजा लिन्छन् ।
बेलुकी सात बजेपछि नियमित भेटघाट र कुराकानीको क्रम सुरु हुन्छ । शाहीकालीन केही मन्त्री, राप्रपा र राप्रपा नेपालका नेता तथा नेपाली कांग्रेसका केही नेता उनीसाग नियमित भेट गर्न आउने गरेको स्रोतको दाबी छ । बाल्यकालका साथी प्रभुशमशेर राणा उनलाई भेट्न निरन्तर निर्मलनिवास पुग्ने गर्छन् । भेटघाट सिद्धिएपछि ज्ञानेन्द्र रातिको खाना खान्छन् र दश-साढे दश बजेतिर सुत्छन् । पचास वर्ष उमेर नाघेका पदमबहादुर मल्ल सधैा पूर्वराजा ज्ञानेन्द्रको स्याहार-सुसारमा खटिने गरेका छन् । यसबाहेक दर्जनजति कामदार पूर्वराजपरिवारको स्याहार-सुसारमा खटिने गरेको छ ।

बिहान ४३०     उठ्ने
४ः३०-०५ः३०     नित्यकर्म
५ः३०-६ः३०     चियासागै पत्रपत्रिका पढ्ने एफएम र टिभीबाट समाचार सुन्ने
६ः३०-७ः००     घरवरिपरि टहलिने
७ः३०-९ः००     पूजापाठ
९ः००-९ः३०     नाति-नातिना खेलाउने
९ः३०-१०ः००     हल्का खाजा खाने
१०ः००-१२ः३०     कम्प्युटरमा बसेर गीत-कविता लेख्ने, गुनगुनाउने
१२ः३०-१ः३०     बिहानको खाना खाने
१ः३०-३ः००     सुत्ने
३ः००-४ः३०     भेटघाट, कुराकानी
४ः३०-५ः००     चिया र हल्का खाजा खाने
७ः००-१०ः००     भेटघाट-कुराकानी
१०ः००     रातिको खाना खाने
१०ः३०     सुत्ने

प्रतिक्रिया