पेट्रोलियम पदार्थको कालो बजारीमा व्यापारीः आपूर्तिमन्त्री

काठमाडौ, ११ फागुण । बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ब्यापारीहरुले कालो बजारी गरेर कृतिम अभाव सृजना गरेका कारण बजारमा पेट्रोलियम पदार्थको चरम अभाव भएको आरोप लगाएका छन् ।
राजधानीमा आज आयोजित साक्षत्कारमा मन्त्री भट्टले आयल निगमले माग अनुसारको डिजेल, पेट्रोल, मट्टीतेल र खाना पकाउने ग्यासँको आपूर्ति गरिरहेको बताए । उनले पेट्रोलियम पदार्थ प्रयाप्त आउदा समेत बजारमा अभाव हुनु ब्यापारीको मिलोमता रहेको दाबी गरे । उनले भने, ‘पेट्रोलियम पदार्थ वजारमा माग अनुसार पठाएका छौ ।’
उनले ग्यासँ बुलेटमा राखेर सिलिण्डरमा नभरी उद्योगहरुले कृतिम अभाव सृजना गरेको प्रमाण आफूले फेला पारेको भन्दै उनीहरु कारबाहीको प्रक्रियामा लगेको बताए । उनले पेट्रोल पम्पले पनि डिजेल, पेट्रोल, मट्टितेल लुकार राखेको बताएका छन् । मन्त्री भट्टले भने, ‘कृतिम अभाव सृजना गरेर कालाबजारी गर्नेलाई सरकारले छाड्दैन, कारबाही गर्छ ।’
कालोबजारी गर्ने र कम ग्याँस फिलिङ गर्ने हिमाल ग्यासँका प्रवन्धकलाई थुनामा राखेर कारवाही सुरु गरिएको बताउँदै मन्त्री भट्टले पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्ने व्यापारिलाई कारवाही थाल्ने चेतावनी दिएका छन् ।
उनले ग्याँसको सहज आपूर्तिका लागि ग्यासँ उद्योगलाई सिलिण्डर अनुसार भन्दापनि सिलिण्डरमा फिलिङ गर्न सक्ने क्षमताको अधारमा ग्यासँ दिने बताएका छन् । उनले जेठसम्म पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन ९ अर्ब रुपैया आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया