प्रस्तावित न्यायाधीश पोखरेललाई एमालेको सुझाव – प्रक्रियाबाट बाहिरिनुस्

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई बाँकी प्रक्रियाबाट आफैं घोषणा गरेर बाहिरिन सुझाव दिएका छन् । संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो सुझाव दिएका हुन् । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले पनि प्रस्तावित न्यायाधीश पोखरेललाई न्यायाधीश भएपछि निष्पक्ष न्याय गर्छु भन्ने आधार के छ ? भन्दै प्रश्न गरेका छन् ।

पोखरेललाई निष्पक्ष न्याय दिने आधार के हुन् ? भन्दै प्रश्न गरेका हुन् । केही समय अघिसम्म नेपाल बारको अध्यक्ष भइसकेको व्यक्तिले निष्पक्ष न्याय दिने कुरामा प्रश्न उठ्ने बताए ।

प्रतिक्रिया