संयुक्तद्धारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं १० फागुन । नेकपा संयुक्तले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ । राजधानीमा आज पत्रकार सम्मेलन गरेर संयुक्तले सरकारलाई राष्ट्रघाती भन्दै समर्थन फिर्ता लिएको जनाएको हो ।

संयुक्तको फागुन ३ र ४ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री भट्टराईले राष्ट्रघाती कदम चाल्न थालेको आरोप लगाएर समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष चन्द्रदेव जोशीले बताएका छन् ।

संयुक्तका अध्यक्ष जोशीले सरकार शान्ति प्रकृया र संविधान निर्माण गर्नतिर भन्दापनि भ्रष्टाचार, महंगी, नागरिक असुरक्षा, हत्या, आतंक र लुटपाट जस्ता अनैतिक कार्यमा लिप्तहुँदै गएको आरोप लगाएका छन् ।

प्रतिक्रिया