‘आइएमसरी’ले लगानी उठायो

प्रतिमा सिलवाल,
चितवन, १० फागुन । चलचित्र आइ एम सरीको प्रचारका लागि नायक, नायिका सहित निर्माण पक्ष देशव्यापी दौडाहमा लागेका छन् । आइ एम सरी चलचित्रको प्रचारमा रहेका टोली बुधबार चितवन आइपुगेको छ । ‘काठमाडौंमा नयाँलाई सपोर्ट गर्ने चलन भएन’, काठमाडौंमा प्रोत्साहन नपाएपछि मोफलसको यात्रामा नायक नायिक सहित निस्केका निर्देशक दिनेश राउतले भने, ‘केन्द्रिकृत सोच छोडेर हामी जिल्लामै प्रतिक्रिया बुझ्न आएका हौं ।’
टोलीमा आएएमसरी चलचित्रका नायक आर्यान सिग्देल र नायिका केकी अधिकारी पनि छन् । उनीहरुले चलचित्र आएएमसरी स्तरीय रहेको दाबी गर्दै चलचित्रमा नयाँ पन रहेको बताए ।
एक करोड ३५ लाख लगानीमा निर्माण भएको भनिएको चलचित्र आइएमसरी माघ २७ गतेदेखि देशभर रिलिज भएको हो । चलचित्र देशभर करिब ४० स्थानमा प्रदर्शन भइरहेको निर्देशक राउतले जानकारी दिए । चलचित्र प्रदर्शनबाट अहिलेसम्म लगानी उठसकेको राउतको दाबी छ ।

प्रतिक्रिया