खेलकुदको आयव्यय विवरण माग

लक्ष्मण तिवारी,
महेन्द्रनगर, १० फागुन । छैटो राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकदै जादाँ कञ्चनपुरका राजनीतिक दलहरुले जिल्ला खेलकुद बिकास समितिसंग हालसम्मको आयब्यय विवरण माग गरेका छन । हालसम्मका कार्यहरु अपारदर्शीरुपमा गरेको भन्दै दलहरुले बिरोध जनाएका छन् ।
खेलकुद बिकास समितिको भवनमा बिहीवार दिउसो बसेको सर्वदलीय बैठकमा कांग्रेस र एमालेले आयब्यय विवरण माग गरेका हुन् । उनीहरुले विवरण नदिए सहयोगात्मक कार्यहरु अगाडी नबडाउन चेतावनी दिएका छन् ।
‘हालसम्म सबैकामहरु हचुवाको भरमा गरिएका छन्’, बैठकमा सहभागी एमाले प्रतिनिधी पल्लव भट्टले भने, ‘प्रतियोगिता  शुरु हुनु अगावै सम्पूर्ण विवरण सार्वजनिक गर्नु पर्छ ।’
बैठकमा खेलकुद बिकास समितिका पदाधिकारीले लेखा परिक्षण सहित फागुन २२ गते आयव्यय विवरण सार्वजनिक गर्ने जनाएका थिए ।
कांग्रेस प्रतिनिधी भीम भट्टले जिल्ला खेलकुद बिकास समितिले खेल क्षेत्रको नाउमा माओवादी कार्यकर्ता पोस्ने कार्य भएको आरोप लगाए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कैलास सुनारले हालसम्म राष्ट्रिय खेलकुद परिषदले जिल्लामा खेलाडी छनौटका लागि चार लाख, खेल सामाग्रीका लागि ४० हजार र खेल गतिबिधीमा ६५ हजार बजेट निकासा गरेको बताए । यसका अत्तिरिक्त जिल्ला विकास समितिबाट दुई लाख ५० हजार अनुदान आएको उनको भनाई थियो ।

प्रतिक्रिया