लडाकु समायोजनसम्बन्धी आँकडा गलत भएको दाबी

काठमाडौं । नेपाली सेनाले सेना समायोजन प्रकि्रयामा माओवादी लडाकुलाई सेनानीदेखि सहायक सेनानीसम्मको अधिकृत दरबन्दी छुटाइएको आाकडा असत्य भएको जनाएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले शनिबार प्रेस विज्ञप्तिमार्फत यस्तो जनाएको हो । केही दिनयता नेपाली सेना तथा सेनाका केही उच्च नेतृत्वको नाम जोडी लडाकु समायोजनबारे विभिन्न सञ्चारमाध्यममा अफवाह फैलिने किसिमका समाचार प्रकाशन तथा प्रसारण भएको विज्ञप्तिमा उल्लेख छ ।
‘विशेष समितिको सिफारिसमा सरकारमार्फत समायोजन हुन आउनेलाई छुट दिइएका विषयबाहेक लडाकुहरू अन्य स्थापित मापदण्डमा आधारित परीक्षाहरू उत्तीर्ण भएपश्चात् बढीमा सेनानीसम्म र तलका विभिन्न दर्जामा समायोजन हुन सक्नेछन्,’ विज्ञप्तिमा भनिएको छ ।
परम्परागत दरबन्दीअनुसार साङ्गठानिक ढााचालाई आधार मानी अनुमानित आाकडामात्र प्रस्तुत गरिएको सेनाको भनाइ छ । यसैगरी समायोजनमा आएका लडाकुलाई सहायक रथीसम्म दिने भन्ने समाचार कपोलपल्पित भएको जनाउादै लडाकुलाई निश्चित पद दिने कुरा सेनाले आˆनो योजनामा कतै उल्लेख नभएको स्पष्ट पारेको छ ।

प्रतिक्रिया