एसएलसी परीक्षामा शिक्षकले सहयोग नगर्ने

काठमाडौं, ६ फागुन । आगामी चैत महिनामा सञ्चालन हुने एसएलसी परीक्षामा शिक्षकहरूले सहयोग नगर्ने भएका छन् ।
विगतमा भएका सम्झौता सरकारले कार्यान्वयन नगरेको भन्दै शिक्षकहरूले एसएलसी परीक्षामा कुनै पनि सहयोग नगर्ने निर्णय गरेका हुन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका महासचिव बाबुराम थापाले सरकारले शिक्षकका मागको सम्बोधन नगरेपछि संयुक्त शैक्षिक सङ्घर्ष राष्ट्रिय समितिले गत बुधबार असहयोग गर्ने निर्णय गरेको बताए ।
शिक्षकले असहयोग गरे एसएलसी परीक्षामा केन्द्राध्यक्षदेखि निरीक्षकसम्म नियुक्तिको काम प्रभावित हुनेछ । ‘राज्यले हाम्रा कुरा नसुनेपछि अप्ठ्यारो पार्नकै लागि असहयोगको निर्णय गरेका हौा,’ महासचिव थापाले भने, ‘माग पूरा हुने निश्चित नभएसम्म निर्णय
फिर्ता हाुदैन ।’
परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले शिक्षकले असहयोग गर्नेबारे आफू अनभिज्ञ रहेकेा बताए । ‘केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष तथा निरीक्षक शिक्षकबाटै नियुक्त हुने भएकाले उनीहरूले असहयोग गरे परीक्षा प्रभावित हुन्छ,’ उपनियन्त्रक रेग्मीले भने, ‘विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर त्यस्तो काम गर्नुहुन्न ।’
विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्चमा आबद्ध सङ्घ/सङ्गठन गत ९ पुसदेखि आन्दोलित छन् । अस्थायीलाई स्थायी गर्नुपर्नेलगायतका विषयमा विगतमा भएका सम्झौता कार्यान्वयनको मागसहित उनीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत कार्यक्रममा मन्त्रीलाई नबोलाउने तथा मन्त्री सहभागी भएको कार्यक्रममा नजाने निर्णयसमेत गरेका छन् ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार ७ देखि १६ चैतसम्म सञ्चालन हुने ०६८ सालको एसएलसी परीक्षामा देशभरबाट पााच लाख २८ हजार दुई सय ९७ परीक्षार्थी सहभागी हुादैछन् ।

प्रतिक्रिया