बक्सिङ सङ्घलाई सहभागी नगराइने

सौर्य समाचार, काठमाडौं, ९ फागुन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्वाचन विवादमा अल्झिएको नेपाल बक्सिङ सङ्घलाई छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी नगराउने भएको छ ।
प्रतियोगितामा बक्सिङ खेल सन्चालनका लागी प्रशिक्षकहरूको समिति गठन गरी सङ्घका विवादित दुवै समूहलाई प्रतियोगितामा सहभागी नगराउने राखेपले निर्णय गरेको हो । पुर्व प्रमुख प्रशिक्षक सुरेशसिंह आलेको संयोजकत्वमा तिन सदस्य रहेको प्रशिक्षकस्तरीय समिती वनाइएको छ । समितिका सदस्यहरूमा वर्तमान प्रमुख प्रशिक्षक प्रचण्ड शर्मा र सहायक प्रमुख प्रशिक्षक ओम मास्के छन् ।  ‘समिती बनाई काम गर्न हामीलाई सचिवालयले पत्र दिएको छ ।’ सदस्य शर्माले सौर्य समाचारसँगको कुराकानीमा भने, ‘अब हामीले नै खेल सञ्चालन गर्ने छौँ ।’ उनले जस्तो सुकै अवस्था आए पनि बक्सिङलाई बिग्रनबाट रोक्ने प्रतिक्रिया दिए । राखेपको आयोजना भए पनि राष्ट्रिय खेलकुद प्रतियोगितामा कुनै पनि खेल सम्बन्धित सङ्घले नै सञ्चालन गर्ने प्रावधान छ ।
केही दिनअघि तत्कालीन महासचिव राजीव श्रेष्ठ, पूर्वघोषित निर्वाचन कार्यक्रम स्थगित भएपछि पनि उपस्थित साधारणसभाको बहुमत सदस्यको समर्थनमा सङ्घको नेतृत्व लिन पुगेका थिए । तत्कालीन अध्यक्ष रवि थापाले निर्वाचन स्थगितपछि पनि निर्वाचन गरेको भन्दै नयाँ कार्यसमितिविरुद्ध अदालत जानेसम्मको चेतावनी दिएका थिए । प्रस्तावित नयाँ सदस्यलाई निर्वाचनमा सहभागी गराउने विषयमा विवाद उत्पन्न भएपछि थापाले निर्वाचन स्थगित गरि बाहिरिएका थिए । विवादास्पद नयाँ कार्यसमितिका अध्यक्ष श्रेष्ठले राखेपले सही निर्णय गरेको जनाउँदै सङ्घमा वैध आपूmहरू नै रहेको दोहो¥याउँदै विवादलाई नचर्काएर राखेपले राम्रो निर्णय गरेको बताए ।
निर्वाचनपछि सङ्घमा उत्पन्न विवादले बक्सिङको राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रभाव पर्न पुगेको हो । विवादपछि सङ्घको कार्यलयमा रवि थापा पक्षले तालाबन्दी गरेको थियो ।

प्रतिक्रिया