विश्वविद्यालयमा बन्दुक

भवानीश्वर गौतम,

एउटा सक्रिय पत्रकार जहिले पनि राम्रो समाचारको खोजीमा दौडिरहेको हुन्छ । आफूले सुइँको पाएको विषयमा निरन्तर खोजी गरिरहन्छ । समाचार खोज्दैमा सधै राम्रै पाइन्छ भन्ने पनि छैन् तर कहिलेकाँही एउटा सामान्य समाचारको खोजीमा लाग्दा अप्रत्यासितरूपमा गतिलो समाचार बन्ने ‘इस्यु’ पाइँदो रहेछ । पत्रकारिता क्षेत्रमा लागेपछिको मेरो अनुभवले यही भन्छ ।
प्रसङ्ग त्रिभुवन विश्वविद्यालय र बन्दुकको हो । केही समयअघि त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागमा विद्यार्थीको प्रयोगात्मक प्रयोजनका लागि झिकाइएका करौडौँ मूल्य पर्ने सामान प्रयोगहीन भएको सूचना एक स्रोतबाट पाएको थिएँ । मेरो स्रोतले दिएको सूचनालाई सम्मान गर्दै रिपोर्टिङका लागि त्रिविको कीर्तिपुरस्थित प्राणीशास्त्र केन्द्रीय विभागमा पुगे ।
विभागमा पुग्दासम्म मेरो सोचाइ थियो कुन कुन सामग्री प्रयोगमा आएका छैनन् त्यसका लागि स्रोतलाई विश्वास नै नगर्ने त कुरा भएन तर आफै ढुक्क हुनका लागि त्यो ठाउँमा जान मन लाग्यो । म कार्यालयमा पुग्दा विभागीय प्रमुख थिएनन् । कर्मचारीहरू सत्य÷तथ्य कुरा भएपनि नकारात्मक कुरा आउँछ भन्ने लागेमा कुरै गर्न नमान्ने वा भाग्ने प्रवृत्ति छ । मलाई पनि प्रयोग नभएका सामान देखाउन अनुरोध गर्दा देखाउन पक्कै पनि मान्दैनन् भन्ने थियो । एउटा उपाए लगाएँ । त्यहाँका कर्मचारीलाई भने ‘प्राणीशास्त्रका विद्यार्थीले कस्ता सामग्री प्रयोग गर्दा रहेछन् मलाई पनि देखाइदिनुस् न’ ! केही समयपछि कर्मचारी
पनि राजी भए र मलाई ल्याबमा लगे ।
कर्मचारीले मलाई प्रयोग भइरहेका सामग्री, विद्वान्ले भनेका कुरा याद आयो पत्रकारमा ‘नोज फर न्युज’ हुनै पर्छ । म जुन समाचार खोज्न आएको थिएँ मेरो ट्र्याक नै परिवर्तन भयो । कुरा खोतल्दै गएँ । कर्मचारीलाई थाहा भएजति÷जानेजति भन्दै गए । कुरा गर्दागर्दै थाहा भयो, ती दुई बन्दुक लाइसेन्स बिना राखिएका रहेछन् ।
मैलै सोचेँ लाइसेन्सविनाका बन्दुक रहेको बारेमा कर्मचारीलाई धेरै केरकार गर्नु उपयुक्त हुँदैन । मैले खोजेको भन्दा झनै राम्रो समाचार पाएँ । अर्कोतर्फ पत्रकारिता क्षेत्रमा ‘ब्याड न्युज इज गुड न्युज’ भन्ने चलन पनि छ । व्यवहारमा पनि त्यस्तै देखिन्छ । मलाई लाग्यो ‘विश्वविद्यालयमा लाइसेन्सविनाको बन्दुक त राम्रो समाचार बन्ने भो !’ पत्रकारितामा विश्वविद्यालयमा पढेका कुरा व्यवहारमा धेरै लागु हुँदैन भन्ने गुनासो पनि आउँछन् । तर मलाई लाग्यो व्यवहारमा उतार्ने आफैले रहेछ । मैले पढेको थिएँ ‘एउटा समाचार खोज्न जाँदा अर्को पनि पाउन सक्छ, त्यसमा ख्याल गर्नुपर्छ’ । यो कुरा मेरा हकमा पनि लागु भयो ।
तत्कालीन विभागीय प्रमुख कार्यालयमा नभेटिएपछि मैले फोनमै कुरा गरँे । प्रमुखले भनेका थिए, ‘हतियार विद्यार्थीको प्रयोगात्मक प्रयोजनका लागि ल्याइएको हो ।’ त्रिविले हतियार विद्यार्थीको प्रयोगात्मक प्रयोजनका लागि ल्याएको होला तर दुखको कुरा हतियार ल्याएको वर्षाँै भएको छ, अहिलेसम्म प्रयोजनमा आएको छैन । लाइसेन्सविना नै हतियार राखेको छ, त्रिविको प्राणीशास्त्र केन्द्रीय विभागले । कुनै प्रयोजनका लागि बन्दुक राख्ने नै हो भने पनि गृह मन्त्रालयको स्वीकृति अनिवार्य छ भन्ने पनि त त्रिविलाई हेक्का हुनु पर्ने हो ।

प्रतिक्रिया