डाका आक्रमणमा चार घाइते

कमल डांगी:
नेपालगन्ज,९ फागुन । नेपालगन्ज नगरपालिकासंग जोडिएको कांरकादो गाविस–१ भुजई गाउंको एक घरमा डाँकाहरुको आक्रमण गरेका छन । आज बिहान दामोदर बुढाथोकीको घरमा लुट्पाट गर्ने उदेश्यले आएका डाकाहरुले आक्रमण गर्दा एका घरका चार जना घाइते भएका छन ।
पक्कि घर ढलान भइ रहेकाले बुढाथोकीको परिवार नजिकै सानो टहरो बनाएर घरको सुरक्षाका लागि वसेको बेला डाकाले आक्रमण गरेका थिए । त्यही मौका छोपी आधा दर्जनको संख्यामा आएका डाकाहरुको समूहले आक्रमण गरेको पिडित परिवारले जानकारी दिएको छ । डाकाहरुको आक्रमणबाट बुढाथोकी सहित उनकी श्रीमती कर्णवती, १४ बर्षिय छोरा बिकास, १२ बर्षीया छोरी लता घाईते भएको जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी नायब उपरीक्षक उदय तामाङले जानकारी    दिए ।
डाकाहरु आएको थाहा पाएपछि स्थानीयवासिन्दा प्रतिकारमा उत्रिएपछि बन्दुक फायरिङ्ग गर्दै भागेको प्रहरीले जनाएको छ । घाईते सबैको नेपालगन्ज मेडिकल कलेजमा उपचार भैरहेको छ । लुटपाट मच्चाउने डाँका समुहलाई प्रहरीले पक्राउ गर्न नसकेको छैन ।

प्रतिक्रिया