मन्त्री गुप्तालाई डेढ बर्ष कैद सजाय

जीवन विसी, काठमाडौं, ९ फागुन । भ्रष्टाचारको मुद्धा खेपिरहेका सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई सर्वाेच्च अदालतले झण्डै ८४ लाख ९ हजार  रुपैयाँ सहित डेढ बर्ष कैद सजाय कैद सजायको फैसला गरेको छ ।
मन्त्री गुप्ताले लामो समय देखि सर्वोच्चमा भ्रष्टाचारको मुद्धा खेप्दै आएका थिए । पटक, पटक अन्तिम फैसला सुनाउने भनिएपछि समय सर्दै आएको थियो । यस अघि भ्रटाचारको अभियोगमा पूर्वमन्त्री चिरन्जीवि वाग्ले कैद सजाय भोगिरहेका छन् । बहालवाला मन्त्रीलाई भ्रष्टाचारको अभियोगमा कैद तथा जरिवाना भएको पहिलो हो ।
२०४८ देखि २०५९ सम्म सञ्चार, कृषि मन्त्री, सांसद्, प्रधानमन्त्रीको प्रेस सल्लाहाकारलगायत विभिन्न पदमा रहँदा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा झण्डै ८ बर्षदेखि मुद्दा खेप्दै आएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सलामा गुप्ता विरुद्व मुद्दा दायर गरेको थियो । २०६३ सालमा विशेष अदालतले गुप्तालाई सफाई दिएको थियो । सफाई विरुद्ध अख्तियारले पुनः सर्वाेच्चमा मुद्दा चलाएको थियो ।

प्रतिक्रिया