राप्रपा नेपालद्धारा महानगरपालिकामा तालाबन्दी

काठमाडौं, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय निकायको चुनावको माग गर्दै आज काठमाडौं महानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । अध्यक्ष कमल थापा सहित दलबल सहित पुगेका राप्रपा नेपालका कार्यकर्ताले महानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । राप्रपा नेपालका कार्यकर्ताले धर्ना दिएपछि महानगरपालिकाको दैनिक काममा केही समय प्रभाव परेको थियो ।

त्यसै गरेर राप्रपा नेपालका नेता तथा कार्यकर्ताले जिविस काठमाडौंमा पनि तालाबन्दी गरेका छन् । उनीहरुले तालाबन्दी गर्ने क्रममा केही समय चर्का नाराबाजी गर्दै स्थानीय निकायको निर्वाचन गराउन माग गरेका थिए ।

स्थानीय निकायको निर्वाचन गराउन नमाने फागुन ११ गते देखि थप आन्दोलनका कार्यक्रम गर्ने राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिएका छन् । राप्रपा नेपालले स्थानीय निकायको निर्वाचनको मिति छिटो तोक्न माग गरेको छ ।

प्रतिक्रिया