क्यारेक्टर बुझ्न चितवन

विशाल राई, काठमाडौँ, ८ फागुन । नेपाली चलचित्र ‘छड्के’ को युनिट चितवन पुगी फर्केको छ ।  कलाकार दयाहाङ राईका अनुसार चलचित्रका क्यारेक्टरको रिसर्चका लागि टोली त्यहाँ पुगेको हो । टोलीमा कलाकार राईसहित सौगात मल्ल, नम्रता श्रेष्ठ र निर्देशक निगम श्रेष्ठ गरी २१ जना सहभागी थिए । ‘चलचित्रमा कलाकारले निर्वाह गर्ने आ–आफ्नो भूमिकाको अध्ययन गरे,’ राईले सुनाए ।

गत ३ फागुनमा चितवन पुगेको टोलीले स्थानीय बासिन्दाको रहनसहन एवं परिस्थितिको अध्ययन गरेको थियो । यसबाट पात्रहरूलाई आपूmले निर्वाह गर्नुपर्ने भूमिकाको यथार्थ पत्ता लगाउन सहयोग मिलेको राईको दाबी छ । उनले भने,‘अनुभव गरेरभन्दा प्रत्यक्ष अवलोकनपछि गरेको अभिनय अझ प्रभावकारी हुन्छ ।’ ग्याङस्टारको कथामा आधारित ‘छड्के’को सुटिङ पनि प्रायः चितवनमै गरिने निर्माणपक्षले जनाएको छ ।

प्रतिक्रिया