सन्चारमन्त्रीको फैसला संभत आजै

काठमाडौं, ९ फागुन । भ्रष्टाचारको मुद्धा खेपिरहेका सूचना तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताको मुद्धाको अन्तिम फैसलाका लागि सर्वोच्च अदालतले आजको समय तोकेको छ ।
मन्त्री गुप्ताको भ्रष्ट्राचार मुद्धालाई सर्वोच्च पटक,पटक अन्तिम फैसला सुनाउने समय सार्दै आएको थियो । संभवत आजै मन्त्री गुप्ताको मुद्धाको फैसला आउन सक्ने सर्वोच्च अदालतका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिएका छन् । उनले मुद्धाको फैसलाका बिषयमा अपरान्ह मात्रै आधिकारीक रुपमा जानकारी दिन सकिने बताए ।
२०४८ देखि २०५९ सम्म सञ्चार, कृषि मन्त्री, सांसद्, प्रधानमन्त्रीको प्रेस सल्लाहाकारलगायत विभिन्न पदमा रहँदा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा झण्डै ८ बर्षदेखि मुद्दा खेप्दै आएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सलामा गुप्ता विरुद्व मुद्दा दायर गरेको थियो । २०६३ सालमा विशेष अदालतले गुप्तालाई सफाई दिएको थियो । सफाई विरुद्ध अख्तियारले पुनः सर्वोच्चमा मुद्दा चलाएको थियो ।

प्रतिक्रिया