माओवादी र सेनाबीच तित्कता बढाउन खोजियोः अध्यक्ष दाहाल

काठमाडौं, ६ फागुन । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलहरुले माओवादी र नेपाली सेनाबीच तित्कता ल्याउन खोजेको आरोप लगाउनुभएको छ ।
राजधानीमा आज आयोजित कार्यक्रममा दाहालले लडाकु समायोजनबारे नेपाली सेनाले ल्याएको प्रस्तावलाई विपक्षी दलले गलत प्रचार गरेको दाबी गर्नुभयो । उहाँले सेनाले गरेको प्रस्तावको गलत प्रचार गरेर विपक्षी दलले माओवादी र नेपाली सेनाबीच तिक्तता पैदा गर्न खोजेको बताउनुभयो ।
सेना समायोजन विशेष समितिको आग्रहअनुसार नै सेनाले प्रस्ताव तयार पारेको दाहालको भनाई थियो ।

प्रतिक्रिया