संघीयताले मुलुक तहस नहसह हुन्छः नेता देउवा

लमजुङ, ६ फागुन । कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले संघीयतामा गए देश तहसनहस हुने चेतावनी दिनुभएको छ ।
लमजुङमा आज आयोजित कार्यक्रममा उहाँले अहिले भइरहेको संरचनालाई नै बैज्ञानिक बनाउन सकिने बताउनुभयो । उहाँले स्थानीय निकायलाई स्वायत्त बनाएर जान सकिने भन्दै मुख्यमन्त्रीको लोभमा मुलुक बिग्रने बताउनुभयो ।
भारतलाई पेट्रोलियम पदार्थको मूल्य दिन नसक्ने नेपालले प्रान्त बनाउन नसक्ने भन्दै देउवाले प्रान्त बनाउन कहाँबाट पैसा आउछ भनेर प्रश्न गर्नुभएको छ ।

प्रतिक्रिया