रोमान्समा डुबे सलमान–क्याट्रिना

 

मुम्बई / तपाईंले सलमान खान र क्याट्रिना कैफको ब्रेकअप भएको सुन्नुभएको थियो होला, होइन ? तर, यसपालि क्युबा पुगेको भए तपाईं अचम्ममा पर्नुहुन्थ्यो । दोस्रो पुस्ताका बलिउड ब्वाइहरूसँग नाम जोडिन थालेकी ‘शिला गर्ल’ यसपालि पुरानै प्रेमी सलमानसँग गहिरो रोमान्समा थिइन्, क्युबाली भूमिमा । खबरले बलिउड तातेको छ, सँगसँगै तातेका छन् विश्वभरका उनीहरूका फ्यान पनि । त्यसो त उनीहरू चलचित्रको सुटिङकै लागि क्युबा पुगेका हुन् । चलचित्रका दृश्यले माग्ने रोमान्स सामान्य नै हो नि त ।
एजेन्सीलाई पत्याउने हो भने उनीहरू सुटिङ बाहेकको समयमा समेत अरूका नजरलाई छक्याएर रोमान्समा व्यस्त हुने गरेका छन् । मानौँ, क्याट्रिनालाई यो चलचित्र सक्न कुनै हतारै छैन । उनीहरू ‘एक था टाइगर’को सुटिङमा छन् । कबिर खानको निर्देशनमा रहेको चलचित्र २०१२ को जुनमा प्रदर्शनमा आउने सम्भावना छ । (एजेन्सी)

प्रतिक्रिया