जेठ १४ मा पनि संविधान नआउने

काठमाडौं,७ फागुन । संविधानसभा अन्तर्गतको संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले जेठ १४ गते नयां संविधान नआउने जानकारी दिनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा आफनो विचार व्यक्त गर्दे सभापति आचार्यले प्रमुख राजनीतिक दलहरुको गतिविधि यथास्थिति मै रहिरहे जेठ १४ गते संविधान जारी हुन सक्दैन ।
सभापति आचार्यले शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली, राज्य पुनर्संरचना, नागरिकता जस्ता प्रमुख विषयमा दलहरु आ-आफना अडानमा रहेका र दलहरुले संविधान निर्माणलाई भन्दा सत्ता स्वार्थलाई बढी ध्यान केन्द्रीत गरिरहेकाले पनि संविधान समयमा आउने अवस्था नदेखिएको हो । प्रमुख दलहरुका शीर्ष नेताहरु सम्मिलित संयुक्त राष्ट्रिय सरकार नबनेसम्म मुलुक शान्ति प्रक्रिया र संविधान निष्कर्षमा पुग्न नसक्ने आर्चायको तर्कर् थियो ।
त्यसैगरी आचार्यले राष्ट्रिय एकता दिवस, प्रजातन्त्र दिवस जस्ता राष्ट्रिय पर्वहरु मनाउन छाडिएकोमा समेत  दुःख व्यक्त गर्नुभयो । उहांले २००७ सालको प्रजातन्त्र त्यसपछिका सबै राजनीतिक उपलब्धिका मातापिता रहेको दावी गर्दै प्रजातन्त्र दिवसलाई नमान्नु आफ्नै बाबुआमालाई नमान्नु सरह हो ।

प्रतिक्रिया