सुत्केरी महिलाको यौनी सिलाए पछि ….

नेपालगन्ज, १७ फागुन । शल्यक्रिया गरेर सुत्केरी गराउने क्रममा भेरी अन्चल अस्पतालका चिकित्सकले महिलाको यौनी नै सिलाई दिएको रहस्य खुलेको छ । सुत्केरी हुन अस्पताल पुगेकी बांके शमसेरगन्ज ४ की १७ वर्षीया दीपा थारुको योनी चिकित्सकले पुरै सिलाई दिएका हुन् ।
गत पौष १९ गते बिहान भेरी अञ्चल अस्पतालका चिकित्सक कल्पना थापाले शल्यक्रिया गरी दीपालाई सुत्केरी गराएकी थिइन् । सुत्केरी अवस्थामा रहेकाले दुई महिना सम्म पनि योनी पुरै सिलाएको थाहा नपाएको दीपाका श्रीमान गणेश थारुले बताए ।
दुई महिना पछि यौनीनै सिलाइएको थाहा पाए पछि थारुले दीपालाई नजिकैको स्वास्थ्य चौकी पुराएका थिए । स्वास्थ्य चौकीले योनी खुलाउन धेरै पैसा लाग्ने बताएपछि उनी गुहार माग्न संचारमाध्यमका ढोका चाहर्न पुगेका छन् । अहिले दीपाको योनीमा घाउ समेत बढ्दै गएको छ ।
दीपाका श्रीमानले न्यायका लागि संचार माध्यम गुहारे पछि अस्पतालले आफनो लापरबाहिको घटनालाई लुकाउन बुधवार दीपा दम्पत्तीलाई अस्पताल बोलाएको थियो । थारु दम्पत्तीले लापरवाही गर्ने चिकित्सकलाई कारवाही र आफूहरुलाई क्षतिपूर्ती उपलब्ध गराउनुपर्ने राखेका छन । भेरी अन्चल अस्पतालका प्रमुख डा.नरेन्द्र रायले भुलबस त्रुटी भएको स्वीकार गरे । तर उनले यस बारे बुझ्न बांकी रहेको बताए ।

प्रतिक्रिया