बीरगन्ज ,१७ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कांग्रेस र एमालेको इमान्दारीता भनेकै भ्रष्टचार र तस्करी गर्नु भएको आरोप लगाएका छन ।
पर्साको सुर्वणपुरमा निर्मित शहीद स्मारकको बुधबार उदघाटन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेले माओवादीलाइ पनि त्यस्तै पार्टी बनाउन खोजेको आरोप लगाए । शान्ति र संविधान पूरा गर्न माओवादी इमान्दार नभएको भनेर कांग्रेसले आरोप प्रति प्रतिवादगर्दै अध्यक्ष दहालले माओवादी शान्ति र संविधान प्रति प्रतिबद्ध रहेको रहेको दावी प्रस्तुत गरे ।
हलो जरामा अड्काएर गोरु चुटने कांग्रेस र एमालेको प्रवृतिकै कारण शान्ति प्रकृया र संविधान लेखन कार्य अवरुद्ध भएको दावी गर्दै दुवै कार्य समयमै निष्कर्षमा पुग्ने पनि दावी गरे । माओवादी प्रति जनताको समर्थन बढने डरले कांग्रेस र एमालेले भांजो हाली रहेको आरोप लगाउादै कांग्रेस र एमालेले शान्ति प्रकृया पुरा नहोस, संविधान पनि नबनोस अनि माओवादी पार्टी पनि फुटोस भनेर कामना गरिरहेको समेत उल्लेख गरे । सभालाई सम्भोदन गर्दै त्यो षडयन्त्र कदापी पुरा हुन नदिने बताए ।
उनले शान्ति र संविधान प्रकृयाका माओवादीले मुख्य हिस्सेदार भएको हुंदा माओवादीकै नेतृत्वमा तार्किक निष्कर्षमा पुग्ने जिकिर गरे । शान्ति र संविधानका काम सम्पन्न गर्नका लागि तीन दलका शीर्ष नेता बीच जिम्मेवारी बांडफांड भएपनि कांग्रेस र एमालेका नेताहरुले तयारी नपुगेको भन्दै अहिले पनि पन्छिन खोजेको प्रचण्डले आरोप लगाए ।
भाषणको अधिकांश समय कांग्रेस र एमालेलाइ गाली गर्न मात्र खर्चेका माओवादी अध्यक्ष प्रचण्डले ज्ञानेन्द्रले जस्तै उल्टो उल्टो बोल्ने र गर्ने प्रवृति नछाडने हो भने मर्ने बेलामा कमीलाको प्वांख उमि्रए झै उनिहरु आफै समाप्त भएर जाने चेतावनी समेत दिए ।
एकीकृत नेकपा माओवादी पर्साले आयोजना गरेको कार्यक्रममा माओवादी मधेश ब्यूरो इन्चार्ज गिरिराजमणी पोख्रल, माओवादी भोजपुरा सह इन्चार्ज प्रभु साह, भोजपुरा सेक्रेटरी अन्जना बिशंखे, सभासद जयराम दाहाल लगायतका नेताले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा माओवादी जनयुद्ध कालमा शहादत प्राप्त गरेका पर्साका ३५ जना शहिद परिवारका सदस्यलाई अध्यक्ष प्रचण्डले कदर पत्र र दोशल्ला ओढाएर सम्मानीत गरे। सुर्वणपुर गाविस वडा नम्बर ५ मा १७ लाख रुपैयाको लागतमा शहिद स्मारक निर्माण गरिएको हो । स्मारकमा जनयुद्ध कालमा शहादत प्राप्त गरेका ३५ जना शहिदको शालीक स्थापना गरिएको छ
प्रतिक्रिया