चीनको झझ्याँगमा नयाँ कार्यसमिति

चीन, चीनको झझ्याँग प्रान्तमा फरवरी २६ मा सम्पन्न एनआरएनको क्षेत्रीय सम्मेलनले आफ्नो नयाँ कार्यसमिति गठन गरेको छ ।
चीनका लागि निर्वतमान राजदूत टंक कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनले विनोद तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको जारी विज्ञप्तीमा उल्लेख छ । झझ्याँग क्षेत्रीय सम्मेलन फायर एण्ड आइस रेष्टुरेन्टमा भएको थियो ।
समितिमा ५ जना सल्लाहकार सहित १७ सदस्यीय सिमित गठन भएको छ । उपाध्यक्षमा कमल आर्चाय, सचिवमा बिमल राज कंडेल, सहसचिवमा सोनु कुमार चेतानी, कोषाध्यक्षमा रबिन पोखरेल चयन भएका छन् ।
सदस्यमा सन्तोष बतौल, हिर भक्त लामिछाने, यादव दहाल, सिमर पोखरेल, बिष्णु प्रसाद दुमरु, भद्र बानियाँ, बाबुल सिंह राजबंसी रहेका छन् ।
सल्लाहाकारमा दीपपुरुष ढकाल, दिपक राज गजुरेल, बाबुकाजी पाण्डे, प्रकाश पोखरेल र ललित कुमार अमवाललाई चयन गरिएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया