सप्तरी बन्द सवारी साधनमा तोडफोड

राजविराज, ६ फागुन । एमालेले प्रहरी कारवाहीमा सिरहा जिल्लामा आफना कार्यकर्ता मारिएको विरोधमा आज सप्तरी बन्द गराउदा जनजीवन कष्टकर बनेको छ ।एमाले निकट अनेरास्वीयु र युवा संघका नेता तथा कार्यकर्ताले दोषीलाई कारबाहीको माग गर्दै जिल्ला बन्द गराएका हुन् । सप्तरीमा अकस्मात गरिएको बन्दले सर्वसाधारणले चर्को सास्ती बेहोर्नु परेको हो । बन्दकर्ताको प्रदर्शनका कारण सवारी आवागमन प्रभावित भएको छ ।
बन्दको अवज्ञा गरेको भन्दै प्रदर्शनकारीले बा ३ च २५८८ नम्वरको मारुति भ्यान सहित तीन वटा सवारी साधनमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।एक महिना अघि प्रहरीसँगको झडपमा एमाले कार्यकर्ता रामस्वरुप पासवानको मृत्यु भएपछि सिराहामा निरन्तर प्रदर्शन हुँदै आएको छ ।

प्रतिक्रिया