राजनीतिक सहमति खोज्न नेम्वाङको आग्रह

काठमाडौं, १७ फागुन । संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले प्रधानमन्त्री बाबुराम भट्टराईसँग संविधानका बिवादित बिषयमा छिटो राजनीतिक सहमति जुटाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटरमा आज बिहान प्रधानमन्त्री भट्टराई र अध्यक्ष नेम्वाङबीच भएको भेटवार्तामा संविधानका बिवादित बिषयमा समति जुटाएर अबरुद्ध संविधानको काम अघि बढाउने बिषयमा छलफल भएको छ । भेटपछि सञ्चारकर्मीसँग कुरागर्दै अध्यक्ष नेम्वाङले संविधान जारी गर्ने मिति निजिकीदै आएकाले बिवादित बिषयमा छिटो सहमति जुटाउन आवश्यक रहेकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।
नेम्वाङले संविधान लेखनका विषयमा भइरहेका ढिलासुस्तीका बारेमा प्रधानमन्त्री भट्टराईलाई अवगत गराउदै निकासका लागि पहल गर्न सुझाव दिएको बताए ।
जवाफमा प्रधानमन्त्री भट्टराईले भोलि प्रमुख तीन दलको बैठक बसी संविधानका बिवादित बिषय र शान्ति प्रक्रियाका केही बिषयमा टुङगो लगाएपछि शान्ति र संविधानका अल्झिएका काम अगाढि बढने बताएका थिए ।
दलहरुले संविधानका बिवादित बिषय राज्य पुनर्संरचना, शासकीय स्वरुप, न्यायप्रणाली, नागरिकता लगायतका बिषयमा राजनीतिक सहमति जुटाउन संविधानसभाको कार्यतालिका परिवर्तन गरेका थिए । कार्यतालिका परिवर्तन गरेपनि दलहरुका आआफ्ना अडानले तोकिएको समयमा काम हुन नसकेको स्वयं नेताहरुले बताउने गरेका छन् ।

प्रतिक्रिया