कुरा समायोजनकाः दाहाल र भट्टराई भेट

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री बाबुराम भट्टराई र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच शान्ति प्रक्रिया अघि बढाउने बिषयमा छलफल भएको छ ।
शान्ति प्रक्रिया अबरुद्ध भएको भन्दै विपक्षी दल कांग्रेस र एमालेले एमाओवादी र सरकारको आलोचन गरिरहेका समयमा भट्टराई र दाहालबीच छलफल भएको हो । लाजिम्पाटस्थित दाहाल निवासमा आज भएको भेटमा अवरुद्ध शान्ति र संविधान निर्माण प्रकृयालाई अघि बढाउने बिषयमा छलफल भएको स्रोतले जनाएको छ । संविधानका बिवादित बुँदालाई छिटो सहमतिमा पुराएर गति दिने विषयमा समेत उनीहरुका बीच छलफल भएको स्रोतको भनाई छ ।
अध्यक्ष दाहालले सरकारका तर्फबाट सेना समायोजनको समयावधि सहितको स्पष्ट खाका बाहिर ल्याउन प्रधानमन्त्री भट्टराईलाई आग्रह गरेका छन् । । जवाफमा भट्टराईले राजनीतिक तहमा सहमति भएलगत्तै समायोजन सम्बन्धी प्रस्ताव नेपाली सेनाले ल्याउने बताएका थिए । । माओवादीले आफ्ना तर्फबाट लडाकुको समायोन तीन सातामा गर्ने प्रस्ताव गरिसकेको छ ।
उनीहरुका बीच प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा माओवादीले पेस गर्न लागेको शान्ति प्रक्रिया सम्बन्धी प्रस्तावका बारेमा समेत छलफल भएको छ । तीन दलका शीर्ष नेताहरुको बैठक भोली राजधानीमा बस्ने तयारीमा छ ।

प्रतिक्रिया