समलिङ्गी विवाह गर्दिन

नम्रता श्रेष्ठ, नायिका

अभिनयतिर नजमेको भए ?
सायद साइकोलोजिस्ट हुन्थेँ ।
एक रातमा आफ्नो नाम विश्वमा चिनाउनु परे ?
डेफिनेट्ली राम्रो मुभी गर्थें । प्रिमियर पनि इन्टरनेसनल लेभलको गर्थें । अनि, इन्टरनेसनल्ली फेमस हुन्थेँ ।
एचआइभी सङ्क्रमित हुनुभयो भने नि ?
मलाई एचआइभी एड्स लाग्दै लाग्दैन ।
अहिले तपाईंको उमेर १० वर्ष मात्र हुन्थ्यो भने करिअर कसरी अगाडि बढाउनुहुन्थ्यो ?
१० वर्षको उमेरदेखि नै फिल्मसँग सम्बन्धित अध्ययन गर्थें । किनभने, मलाई अब थाहा भइसक्यो, यसै क्षेत्रमा जागरुक छु भनेर ।
प्रधानमन्त्री छान्ने जिम्मा तपाईंलाई आइलागे कसलाई छान्नुहुन्छ ?
फेसबुक अकाउन्ट खोलेर जनतालाई आफूलाई मन पर्ने नेतालाई भोट गर्न आग्रह गर्थें । त्यसमा सबैभन्दा बढी मत जसलाई आउँछ, मेरो रोजाइमा उही प्रधानमन्त्री हुन्छ ।
स्कुलमा कत्तिको विषय लाग्थ्यो ?
अँ…, लागेको थियो । कति कक्षामा भनेर याद त छैन तर दुई विषय भने लागेकै हुन् । एउटा विषयचाहिँ आफैले ड्रप गरेकी हुँ ।
राजेश हमालले प्रेमप्रस्ताव राखे स्विकार्नुहुन्छ ?
उहाँको गर्ल फ्रेन्ड छ भनेर मिडियामा आइसक्यो त ! गर्लफ्रेन्ड हुँदाहुँदै अरूलाई प्रस्ताव राख्नु राम्रो होइन भनेर सम्झाउँथेँ ।
कुनै केटीले समलिङ्गी विवाहको प्रस्ताव गरे नि ?
गर्दिनँ । किनकि, मेरो ब्वाइफ्रेन्ड छ ।
अकस्मात् एक करोड भेटे के गर्नुहुन्छ ?
कसरी खर्च गर्ने भनेर योजना बनाउँछु ।
चन्द्रमामा पुग्ने अवसर महत्वपूर्ण कि सगरमाथामा ?
सगरमाथा पुग्ने अवसरलाई नै महत्व दिन्छु । तर, चन्द्रमामा पुग्ने रहर पनि नभएको भने होइन है !
तपाईंका लागि नेपाली चलचित्रको मुख्य भूमिका ठूलो कि बलिउडको सहायक भूमिका ?
बलिउडमा मुख्य भूमिकाभन्दा नेपाली चलचित्रको सहायक भूमिकाको कदर गर्छु ।
तपाईंको विचारमा कुन पुस्तकले जीवन परिवर्तन गर्न सक्छ ?
मेरो विचारमा जीवन परिवर्तन गर्न सक्ने पुस्तक शिव खेराको ‘यु क्यान विन’ हो । मैले अध्ययन गरेका धेरै पुस्तकमध्ये यो अति नै मन पर्छ ।
प्रस्तुतिः विशाल

प्रतिक्रिया