विस्तारित सडक बैशाखभित्र पक्की बन्ने

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री बाबुराम भट्टराईले  विस्तार काठमाडौंका सडकमा बैशाख भित्र काम सक्ने गरेर पक्की सडकको कार्य गर्न मातहतलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा समेमवार सरोकारवालासँग भएको छलफलमा भट्टराईले बैशाख सम्म विस्तार गरिएका सडकमा पक्की गर्ने बताएका हुन् । काठमाडौंका मुख्य तीन स्थानमा भइरहेको सडक विस्तारलाई तिब्रता दिंदै तत्काल निर्माण कार्य थाल्न भट्टराईले मातहतका निकायलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री भट्टराईले हाल सडक विस्तार भइरहेका तिनकुने, माइतीघर, कृष्ण पाउरोटी, रातोपुल र डिल्लीबजारदेखि बालुवाटारसम्मको सडक निर्माणका लागि काम छिटो गर्न निर्देशन दिए । उनले बजेट र समन्वयको अभावमा सडक बनाउने काम रोकिन नहुने बताए ।
सडक विस्तार अन्तर्गत फागुन मसान्तभित्र विस्तारित सडकमा रहेका बिजुली र टेलिफोनका पोल स्थानान्तरण गरिसक्नु पर्ने छ । चैत मसान्तभित्र ति क्षेत्रका तारलाई भूमिगतरुपमा ब्यबस्थित गरिसक्नुपर्ने छ ।
यसैवीच सरकारले वास्तविक गरिवको पहिचान गरि उनीहरुलाई परिचयपत्र बाँड्ने निर्णय गरेको छ । मुलुकमा २५ प्रतिशत जनता गरिवीको रेखामुनी रहेको अनुमान गरिए पनि वास्तविक संख्या सरकारसँग छैन ।
गरिवको पहिचानका लागि संयुक्त अध्ययन टोली परिचालन गरिने भएको छ । टोलीले दिएको प्रतिबेदनका आधारमा उनीहरुलाई परिचयपत्र बितरण गर्न प्रधानमन्त्रीले राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया