जर्वजस्ति करणीमा सेनाका नायक पक्राउ

काभ्रे १६ फागुन । काभ्रे जिल्लाको फलामेटार गाउँ विकास समिति घर भइ पनौती नगरपालिका ११ मा डेरा गरी बस्ने २९ वर्षीय एक महिलालाई जर्वजस्ति करणी गरेको भन्दै नेपाली सेनाका नायक पदमा कार्यरत गणेश बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं त्रिपुरेश्वरमा कार्यरत नायक पदमा सेनामा कार्यरत पनौती ११ दलिञ्चोक घर भएका बस्नेतले आफ्नै घरमा भाडामा बसेकी दुई छोरीकी आमा समेत रहेकी महिलालाई फागुन ९ गते विहान कोठा भित्रै प्रवेश गरी जर्वजस्ति करणी गरेको उजुरीमा उल्लेख छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा बस्नेतले महिलालाई करणी गरेको स्वीकार गरेका छन् ।
चलालगणेस्थान गाविस माइती भइ दैनिक ज्यालादारी गर्दै आएकी महिला मसिंर ११ गतेदेखि बस्नेतको घरमा बस्दै आएकी थिइन् । महिलाका अनुसार, ‘घरमा कोहि नभएको समयमा विहान बस्नेत कोठा भित्र प्रवेश गरे, आफै ढोका लगाए र जर्वजस्ति कपडा खोल्न लगाए ।’
बस्नेतले करणी गरिसकेपछि पैसाको लोभमा कसैलाई नभन्न र भने जे पनि गर्ने भन्दै तर्साएका थिए । पीडित महिलाले भोलिपल्ट मात्रै प्रहरीकोमा उजुरी गर्न सकेको बताएकी छन् ।
महिलाले बस्नेत विरुद्धको उजुरी लगत्तै बस्नेतको घर छाडी आफन्तको सहारामा बस्दै आएकी छिन् । उनका श्रीमान् केहि वर्ष देखि मकवानपुरको हेटौडामा अर्काे श्रीमतिसँग बस्दै आएको बताइएको छ । पीडित महिलाको ५ वर्ष र २ वर्षको छोरी छन् ।

प्रतिक्रिया