औद्योगिक मेला सुरु

प्युठान, ६ फागुन । औद्योगिक व्यापारिक मेला सुरु भएको छ । मेलामा मध्यपश्चिमाञ्चल र केही छिमेकी जिल्लाका उत्पादन राखिएको छ । पहिलोपटक प्युठान सदरमुकाम बिजुवारमा सुरु भएको सो मेलामा स्थानीय उद्यमीहरू उत्साहित भएका छन् ।
यहााका उद्यमीहरूले अल्लो, चुलेसी, हर्बल साबुन, च्याउ, सिस्नुको झोलादेखि विभिन्न खालका बाासका आकर्षक सामग्रीलगायतका घरेलु तथा लघु उद्यमबाट उत्पादित सामग्रीहरू प्रदर्शनीमा ल्याएका छन् ।
धेरै उद्यमीसाग एकैपटक अनुभव साट्न पाउादा खुसी लागेको चित्रकला बुढाले बताए । मेलामा प्युठानका उद्यमी मात्र नभएर अन्य जिल्लाका उद्यमीसमेत सहभागी भएका छन् । रुकुमकी शिला खाम मगरले यस्तो खाले मेलाले स्थानीय उत्पादनको प्रचारप्रसारमा सहयोग पुग्ने बताइन् ।
हिमाली राडीपाखी लिएर मेलामा आएकी खाम मगरले देशभर बिक्री हुने राडीपाखी प्युठानमा बिक्री हुनेमा आशावादी छिन् । परम्परागत रूपमा राडीपाखी बनाउादै आएकी खाम मगरले पछिल्लो समयमा व्यावसायिक रूपमा काम गर्दै आएको र राम्रो आम्दानी भएको बताइन् ।
त्यस्तै रोल्पाबाट प्रदर्शनीमा भाग लिन आएका सतबहादुर पुनमगरले पनि मेलाले उत्पादनको बिक्रीवितरण र प्रचारप्रसारमा सहयोग पुर्‍याएको बताए । मेलामा राखिएको अर्गानिक कफीले पनि राम्रै प्रचारप्रसार पाउने गुल्मीका उद्यमी गणपति खनाल बताउाछन् । गुल्मीमा स्थापना भएको सहकारीले उत्पादन गरेको कफी जापान र कोरियामा पठाउने गरेको उनको भनाइ छ ।
मेला आयोजक समितिका प्रमुख दीपककुमार आचार्यका अनुसार फरक-फरक जिल्लामा एकै खालका वस्तु उत्पादन भए पनि कुन जिल्लामा कसरी भइरहेको छ, त्यसको गुणस्तर, मूल्य, लगानीको बारेमा मेलाले सहयोग पुर्‍याउाछ ।

प्रतिक्रिया