संवैधानिक समितिमा शीर्ष नेता आएनन्

काठमाडौं, १६ फागुन । संविधानका बिवादित बिषय र बिवाद समाधान उपसमितिले तयार पारेको प्रतिवेदनमा छलफल गर्न बसेको संवैधानिक समितिको बैठकमा प्रमुख दलका शीर्ष नेता अनुपस्थित भएका छन् ।
प्रमुख दलका शीर्ष नेताहरु अनुपस्थित भएपछि समितिले कुनैपनि निर्णय गर्न सकेन । लामो समय पछि आज विहान सिंहदरबारमा बसेको बैठकमा बिवादित बिषयमा सहमति गर्ने जनाईएको थियो ।
दलहरुका बीच शासकीय स्वरुप, निर्वाचन प्रणाली, नागरिकता, जग्गाको हदबन्दीलगायतका बिषयमा बिवाद रहेको छ ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै समिति सभापति नीलाम्वर आर्चायले संवैधानिक समितिमा मिल्न नसकेका बिवादित बिषयलाई संविधानसभामा पठाउने बताएका छन् । उनले फागुन १८ गते सम्म सहमतिको प्रयास गर्ने सहमति हुन नसके फागुन १९ गते पछि संविधानसभामा पठाउने बताए ।
बैठकमा बिवादित बिषयमा सामान्य छलफल मात्रै भएको सभापति आर्चायले जनाएका छन् ।

प्रतिक्रिया