एक सिङ्गे गैडा मृत अवस्थामा

चितवन, ६ फागुन । चितबन राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैडा मृत अबस्थामा फेला परेको छ । बिश्वमा नै दुर्लभ सूचीमा रहेको एक सिङ्गे गैडा आज बिहान निकुञ्जभित्रको बेलशहर सामुदायिक बनमा मृत अबस्थामा फेला परेको हो ।
गैडा बुढो भएर मरेको निकुञ्जका प्रमुख झमक बहादुर कार्कीले जानकारी दिनुभयो । उमेर पुगेको गैडालाई निकुञ्जले केही दिनदेखि निगरानी गरिरहेको  थियो । कार्कीका अनुसार गैडाको खुर र खाग सुरक्षित रुपमा राखिएको छ ।
पछिल्लो समयमा निकुञ्जले सुरक्षा अबस्थालाई मजबुत पारेपछि गैडाको चोरी तस्करीमा पनि कमी आएको छ । उमेर पुगेको एक सिङ्गे गैडा मर्नुले संरक्षणमा कुनै चुनौति नथपिने राष्ट्रिय निकुञ्जका प्रमुख झमक बहादुर कार्कीले दाबी गर्नुभयो ।

प्रतिक्रिया