बम प्रकरणमा सरकारद्धारा दुःख व्यक्त

काठमाडौं, १५ फागुन । सरकारले बवरमहलमा भएको बम विष्फोटनको घटनाबाट गम्भिर भएको भन्दै घटनाको सत्यतथ्य छानविन गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।
मन्त्रिपरिषदको आज बेलुका बसेको बैठकले घटनाको सत्यतथ्य छाविन गरेर दोषिलाई कारबाही गर्न निर्देशन दिएको भौतिक योजना तथा निर्माण मन्त्री हृदय त्रिपाठीले जानकारी दिए ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै उनले बम विष्फोटनका दोषिलाई कारबाही गर्न गृहमन्त्रालयलाई दिर्नेशन दिएको बताए । बम विष्फोटनको घटनाका बारेमा मन्त्रिपरिषद बैठकमा गृहमन्त्री विजय गच्छेदारले जानकारी गराएका थिए । बम विष्फोटनमा तीन जनाको मृत्यु भएको थियो भने सात जना घाईते भएका थिए । घाईतको उपचार र मृत्तकका आफन्तलाई क्षेतिपूर्ति दिने गृहमन्त्रालयले जनाई सकेको छ ।
मन्त्रिपरिषदले नियम विपरित सरुवा भएका कर्मचारीको निर्णय सच्चाउन निर्देशन दिएको छ । सामान्य प्रशासन मन्त्रीले कर्मचारी सरुवा गरेपछि बिरोध हुँदै आएको थियो ।सरकारले सामान्य प्रशासनमन्त्रालयका सचिवलाई सरुवा समेत गरेको छ ।
मन्त्रिपरिषदले नेपाली सेनाका सञ्जय थापालाई महासेनानीमा मा बढुवा गरेको छ । बैठकले शिक्षा ऐन संशोधनका लागि परिमार्जन सहित संसद पठाउने निर्णय पनि गरेको मन्त्री त्रिपाठीले बताए ।

;/sf/n] ;fdfGo k|zf;gdGqfnosf ;lrjnfO{ ;?jf ;d]t u/]sf] 5 .

प्रतिक्रिया