कांग्रेसको नेतृत्व स्वीकार गर्न एमाले तयारः खनाल


सिन्धुपाल्चोक, ६ फागुन । नेकपा -एमाले)का अध्यक्ष झलनाथ खनालले सहमतीय सरकारको नेतृत्व पहिला गर्न आफूहरुले नेपाली कााग्रेसलाई प्रस्ताव गरेको बताएका छन् । राष्ट्रिय सहमतिको सरकारबिना देशले निकास नपाउने भएकाले आफूहरु कााग्रेसको नेतृत्व स्वीकार गर्न तयार रहेको अध्यक्ष खनालले बताए ।
पार्टी सुदृढीकरण अभियानका क्रममा खाडीचौर पुगेका खनालले शनिबार चक्रीय प्रणालीमा सरकार बनाउन अन्य दलसमक्ष आफूहरूले प्रस्ताव गरेको जानकारी दिादै यस्तो बताएका हुन् । उनले डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले शान्ति प्रक्रिया र नयाा संविधान निर्माणलाई निष्कर्षमा पुर्‍याउन नसक्ने दाबी गरे । प्रमुख तीन दलबीच भएको सहमति सबैले पालना गरे थप समयमा संविधान बन्ने र शान्ति प्रक्रिया निष्कर्षमा पुग्नेमा आफू आशावादी रहेको उनको भनाइ थियो ।
आगामी  जेठ १४ मा पनि संविधान जारी नभए देश भयावह स्थितिमा पुग्ने भन्दै उनले त्यसको जिम्मेवारी ए माओवादीले लिनुपर्ने चेतावनी दिए । पार्टी एकढिक्का हुन नसकेका कारण एमाले नेतृत्वको दुईवटै सरकार असफल भएको उनले स्वीकारसमेत गरेका थिए । उनले भने, ‘एमालेमा सबै विवाद अन्त्य भएर एकढिक्का भएका छौा ।’

प्रतिक्रिया