माओवादी षडयन्त्रमा लागेको छः पौडेल

काठमाडौ, १५ फागुन । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले तीन साताभित्र लडाकु रहेका शिविर खाली गर्ने प्रचण्डको प्रस्तावमा आफूलाई विश्वास नभएको बताउनुभएको छ ।
राजधानीमा आज आयोजित कार्यक्रममा पौडेलले माओवादीले गर्छु भनेर धेरै पटक अश्वासन दिने गरेकाले अहिले पनि तीन साता भित्र शिविर खाली गराउने प्रस्तावमा विश्वास नलागको बताउनुभयो । उहाँले माओवादी शान्ति र संविधान निर्माणमा आलटाल गरेर जेठ १४ कटाउने गम्भिर षडयन्त्रमा लागेको आरोप लगाउनुभयो ।
शान्ति र संविधान प्रक्रिया थाति राखेर जेठ १४ कटाएर माओवादी आफू नेतृत्वको सरकारलाई अगाडि बढाउने योजनामा रहेको तर्फ पौडेलको संकेत थियो ।

प्रतिक्रिया