मूल्य बृद्धि फिर्ता गराउन विद्यार्थीको अल्टिमेटम

काठमाडौं, १४ फागुन । सरकारले पेट्रोलिय पदार्थमा मूल्य बृद्धि गरेपछि आक्रोशित भएका १३ विद्यार्थी संगठनले मूल्य बृद्धिको निर्णय फिर्ता गर्न सरकारलाई अल्टिमेटम दिएका छन् ।
१३ विद्यार्थी संगठनको आज काठमाडौंमा बसेको बैठकले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको निर्णय तत्काल फिर्ता गर्न माग गरेका छन् । उनीहरुले २४ घण्टा भित्र मूल्य बृद्धिको निर्णयमा पुनःविचार नभए आन्दोलन गर्ने चतावनी दिएका छन् ।
मूल्य बृद्धिको बिरोध गरेर आन्दोलनको चेतावनी दिनेमा सत्तारुढ दलका विद्यार्थी संगठनपनि छन् ।
सरकारले डिजेल, मट्टिते, पेट्रोल र आन्तरिक हवाई ईन्धनमा प्रति लिटर चार रुपिया बृद्धि गरेपछि १३ विद्यार्थी संगठनले विरोध जनाएका हुन् । सरकारले एक महिनाको फरकमा दुई पटक पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेको हो । यस अघि विद्यार्थी आन्दोलनका कारण दबावमा सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।
२४ घण्टे अल्टिमेटम भित्र पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता नभए भोलि पुनः १३ विद्यार्थी संगठनको बैठक बसेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने विद्यार्थी नेताहरुले बताएका छन् ।

प्रतिक्रिया