शिक्षक आन्दोलनका कारण स्कुल बन्द


काठमाडौं, १५ फागुन । विद्यालय बन्द  गरेर सडक आन्दोलनमा उत्रिएका शिक्षकले आज दोस्रो दिन पनि मुलुकभरका स्कुलहरु बन्द गराएका छन् ।
विगतका सहमति कार्यान्वयन लगायतका माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकले देशभरीका निजी तथा सामुदायिक विद्यालय बन्दको घोषणा गरेका हुन् । शिक्षा मन्त्रालयमा धर्ना दिने क्रममा प्रहरी दमन भएको भन्दै बिरोधमा उनीहरुले आज पुनः बिद्यालय बन्द गराएको जनाएका छन् ।
शिक्षकहरु नै विद्यालय बन्द गराएर आन्दोलनमा उत्रिएपछि लाखौ विद्यार्थी प्रभावित भएका छन् । शिक्षक आन्दोलन सहमति र बार्ताबाट टुङगाउन सरोकारवालाले दबाव दिएका छन् ।
अस्थायीलाई स्थायी गराउनु पर्ने लगायतका माग राखेर गातान्त्रिक शिक्षक मञ्च, नेपाल शिक्षक युनियन सहितका शिक्षकहरु आन्दोलनमा छन् ।

प्रतिक्रिया