‘सेक्स प्रस्ताव गर्छन्’

शशि खड्काले अहिलेसम्म ब्वाइफ्रेन्ड बनाउन सकेकी रहिनछन् । १३ वर्षको उमेरदेखि अभिनयक्षेत्रमा छिरेकी शशि अहिलेसम्म यस मामिलमा ‘एक्लै’ छिन् रे ! हिजोआज उनलाई ब्वाइफ्रेन्ड नहुँदा कुनै–कुनै ठाउँमा अप्ठ्यारो पर्दो रहेछ भन्ने लाग्न थालेको छ । ‘विशेष गरेर भ्यालेन्टाइन डेमा अप्ठ्यारो पर्दो रहेछ’ उनले भनिन्, ‘त्यसैले एउटा ब्वाइफ्रेन्ड त चाहिन्छ नै जस्तो छ ।’ त्यसो त उनीसँग नजिकिन चाहने, प्रेमप्रस्ताव राख्ने केटाहरू थोरै त कहाँ हुन्छन् र ? ‘अहिलेसम्म मनले खाएका व्यक्ति नै कुनै आएको छैन त के गरूँ’ उनले अप्ठ्यारो सुनाइन् ।
१३ वर्षअघि थोरै भए पुगिसरि टेलिसिरियलबाट अभिनयमा प्रवेश गरेकी थिइन् उनी । गायक जबिकको आँखाभरि आँसु किन गीतको म्युजिक भिडियोमा गरेको मोडलिङले उनलाई थप चर्चित बनायो । गायक हेमन्त शर्माको आउँदै गर मालतीको म्युजिक भिडियोमा अभिनय गरेपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन ।
सुन्दर अनि राम्रो देखिनुलाई ग्ल्यामर बताउने उनी आफूलाई जुनै ड्रेस सुहाउने दाबी गर्छिन् । ‘तर समय र समाजले पचाउनेचाहिँ हुनुपर्छ है’– उनले सचेतना देखाइन् । पहिलोचोटि म्युजिक भिडियो खेल्दा जम्मा चार हजार रुपियाँ पाएकी उनलाई अहिले एउटै म्युजिक भिडियोमा अभिनय गरेबापत आउने पारिश्रमिकले एक महिनासम्म पुग्छ रे ! सयवटाभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन् उनले । यस क्षेत्रमा तीता अनुभव पनि भोगेकी रहिछन् । अभिनय गरेबापत पारिश्रमिक नदिनेहरूसँग झगडासमेत गर्नुपरेको रहेछ ।
पछिल्लो समय उनको चर्चा झन् बढेको छ । सेक्ससम्वन्धी विषयमा निर्मित चलचित्र पलपलमा उनी नायिकाका रूपमा देखिइन् । ‘चलचित्रमा अभिनय गर्दा सुरुमा सङ्कोच लागे पनि पछि बानी परेको उनले सुनाइन् । सानै उमेरमा सेक्सुअल विषयमा चलचित्र खेल्दा अप्ठ्यारो लागेन त ? उनले भनिन्, ‘यसको प्रचार मात्र सेक्सुअल भनेर गरिएको हो, कथा त हामीले स्कुलजीवनदेखि पढ्दै आएजस्तै हो ।’
पब्लिक युथ क्याम्पसमा बिबिएस पहिलो वर्षमा अध्ययनरत पाँच फिट दुई इन्च अग्ली यी सुन्दरीका चन्द्रावती, तिम्रो कसम चलचित्र प्रदर्शनको तयारीमा छ भने किन–किनको भर्खर छायाङ्कन सकिएको छ । काठमाडौँ कुलेश्वरकी उनले यो क्षेत्रमा नायिकाहरूलाई सकारात्मक दृष्टिले हेर्ने परिपाटीको अभाव देखेकी रहिछन् । उनले भनिन्, ‘नायिकाहरूलाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सेक्स प्रस्ताव गर्नेहरू थुप्रै हुन्छन् ।’

प्रतिक्रिया