कोइराला पुर्पक्षका लागि थुनामा

काठमाडौं, १४ फागुन । श्रीमती हत्याको अभियोगमा पक्राउ परेका सशस्त्र प्रहरीका निलम्वित डिआईजी रञ्जन कोइरालालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
कोइरालाको प्रारम्भिक थुनछेकको बहस आज सक्किएको छ । बहस सक्किएपछि जिल्ला अदालत काठमडौंका न्यायाधिश बालकृष्ण उप्रेतीको ईजलासले कोइरालालाई थुनामा राख्न आदेश दिएको हो ।
त्यसै गरेर गीता ढकाल हत्या प्रकरणमा आरोपित तारा रेग्मीलाई भने जिल्ला अदालतले १ लाख धरौटीमा रिहा गरेको छ । रेग्मी कोइरालाकी महिला साथी रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया