महोत्सवमा चारकरोडको कारोबार

काभ्रे, १४ फागुन । काभ्रेको उग्रतारा जनागाल गाविस पुलबजारमा फागुन ५ गतेदेखि शुरु भएको मध्यमाञ्चल महोत्सव चार करोडको कारोवार गर्दै आइतबार सकिएको छ ।
दश दिन लामो महोत्सवमा २ लाख ५० हजार भन्दा बढी दर्शकले अवलोकलन गरेको काभ्रे उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य ग्रुवेन तौजलेले जानकारी दिए । महोत्सवमा १ करोड ५० लाख बराबरीको कारोवार भएको थियो भने आइटी अन्र्तगत कम्प्युटर र प्रिन्टरहरुको ब्यपार उत्कृष्ट रह्यो । त्यस्तै घरेलु तथा साना उद्योग तर्फ लालिगुँरास समुहले उत्कृष्ट कारोबार ग¥यो ।
महोत्सवको समापन कार्यक्रममा बोल्दै उर्जा राज्यमन्त्री सुर्यमान दोङ्गले २०७३ सालअघि लोडसेडिङ्ग घट्न नसक्ने बताए । नेपाल उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकारले निजी क्षेत्र बिना मुलुकको विकास असम्भव हुने बताए । पछिल्लो समयमा महोत्सवहरु रमाइलोको लागि मात्रै आयोजना हुन लागेको भन्दै राजकर्णिकारले स्थानीय स्रोत र साधनको पहिचानका साथै स्तरियतामा महोत्सवले ध्यान पु¥याउनु पर्ने बताए । कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्य, सभासद् शिला कतिला लगायतले महोत्सवले उद्योगी ब्यवसायी र राष्ट्रलाई पु¥याउने फाइदाका विषयमा चर्चा गरेका थिए ।
महोत्सवमा काभ्रे उद्योग वाणिज्य संघ आफैंले राखेको स्टलबाट २ सय बोरा चिनी सहुलियत दरमा विक्री भएको छ । महोत्सवमा खुवा, अर्गानिक तरकारी र घरेलु उत्पादनका घरायसी सामानहरु, सवारीसाधन,कम्प्युटर, इलेक्ट्रोनिक्स सामानहरु, मोबाइल, कृषि तथा घरेलु उद्योगका उत्पादनहरु प्रदर्शनीमा राखिएको थियो । लोडसेडिङ्गका बेला सौर्य उर्जाबाट बत्ति वाल्न सकिने स–साना चिमहरु पनि मेलाका आर्कषण बनेका थिए ।
महोत्सव अवधिभर आयोजकले राष्ट्रिय र स्थानीय कलाकाहरुलाई सहभागि गराएर सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका थिए । करिव ५ करोडको कारोवार हुने लक्ष्य राखेको भए महोत्सवको शनिबार राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया